काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम सोमबार पनि जारी रहेको छ । आज सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । एक दिनमै सुनको मूल्य ३ हजार २०० रुपैयाँले बढेको हो ।
यता, चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।