काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचनमा जनताले उत्साहपूर्ण सहभागीता जनाएका छन् । आइतबार सम्पन्न भएको पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मत खसेको हो ।

मतदान सकिए लगतै निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी ७३प्रतिशत जनताले मताधिकार प्रयोग गरेको जनाएको हो ।
आइतबार प्रदेश नम्बर ३, ४ र ६ मा पहिलो चरणको स्थानीय तहको निर्वाचन भएको थियो ।
निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले ११ बुँदे निर्देशिका जारी गरेर मत गणनाको प्रक्रिया थाल्न निर्देशन दिएको पनि जानकारी दिए । सोही निर्देशिकाहरु जिल्ला निर्वाचन कार्यालयसँगको समन्वयमा निर्वाचन केन्द्रहरुले आफु अनुकुल आइतबारै वा सोमबार देखि मतगणना गर्न सकिने व्यवस्था गरेको पनि उनले जानकारी दिए ।

दोलखा, काभ्रे र कोलिकोटका तीन वटा मतदान केन्द्रमा भने मतदान स्थगित भएको आयोगले जनाएको छ ।