एक बर्षभित्रै उपत्यकामा बन्दैछन् १८ वटा गार्डेन

<p>काठमाडौं । काठमाडौं उपत्यकामा एक बर्षभित्रै १८ वटा नयाँ उद्यान(गार्डेन) निर्माण हुने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं, भक्तपुर र ललितपुरका १८ वटै स्थानिय तहमा आधुनिक उद्यान निर्माण गर्न लागेको हो । प्राधिकरणका विकास आयुक्त भाइकाजी महर्जनका अनुसार प्रत्येक स्थानिय तहमा एउटा उद्यान निर्माणको योजना बनिसकेको छ ।‘तिन जिल्लाका १८ वटै स्थानिय तहमा [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यकामा एक बर्षभित्रै १८ वटा नयाँ उद्यान(गार्डेन) निर्माण हुने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं, भक्तपुर र ललितपुरका १८ वटै स्थानिय तहमा आधुनिक उद्यान निर्माण गर्न लागेको हो ।

प्राधिकरणका विकास आयुक्त भाइकाजी महर्जनका अनुसार प्रत्येक स्थानिय तहमा एउटा उद्यान निर्माणको योजना बनिसकेको छ ।‘तिन जिल्लाका १८ वटै स्थानिय तहमा एउटा एउटा उद्यान निर्माणको तयारी भैरहेको छ, आगामी आर्थिक बर्षभित्रै काम सम्पन्न हुनेछ’, प्राधिकरणका विकास आयुक्त तिवारीले भने ।

स्थानीय तहले जमिन उपलब्ध गराएपछि प्राधिकरणले सम्पुर्ण लागत आफैं व्यहोरेर त्यस्तो उद्यान निर्माण गर्नेछ ।‘सबै लागत हामी व्यहोर्छ, स्थानीय तहले जमिन मात्रै दिए पुग्छ’, तिवारीले भने । उनले काठमाडौं उपत्यकामा खाली जमिन तथा हरियाली लोप हुँदै गएकाले पनि उद्यान निर्माणलई प्राथमिकतामा राखेको बताए ।‘

हाम्रा भवनहरु अग्ला छन, सडक साँघुरा छन, खाली जमिन र हरियाली भेट्नै मुस्किल पर्छ, त्यसैले पनि शहरी सभ्यता जोगाउन उद्यान निर्माणलई अघि सारेका हौं’, तिवारीले सुनाए । नारायण चौरको उद्यान र कमलपोखरीको उद्यानले न्युनतम लागतमा पनि खाली जमिनको संरक्षण र हरियाली प्रवद्र्धन सम्भव छ भन्ने नजिर स्थापित गरेको दावी पनि गरे ।

प्राधिकरणले आगामी आर्थिक बर्षका लागि ८३ करोड ८२ लाख १६ हजार बजेट पाएको छ । प्राधिकरणले चालु आवमा भने ८६ करोड ८३ लाख ७२ हजार रुपैंयाँमा काम गरिरहेको छ ।

Share News