बाहिरी चक्रपथको जग्गा अधिग्रहण सुरु, ८९५६ रोपनी जमिन सोमबारदेखि सरकारी स्वामित्वमा

<p>काठमाडौं । बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्ट अन्तर्गत पर्ने चोभार-सतुंगल खण्डको जग्गा अधिग्रहण सुरु भएको छ । आयोजना अधिकृत ध्रुब सापकोटाले बिहिबार पाइलट प्रोजेक्टमा पर्ने चन्द्रागिरि र किर्तिपुर नगरपालिकामा चार किल्ला तोकेर सूचना टाँसेका हुन् । आयोजनाले सोमबार सार्वजनिक सूचना प्रकाशित गरेर ७ हजार ८ सय रोपनी जमिन अधिग्रहण गर्नेछ ।‘सोमबार ३५ दिने सार्वजनिक सूचना [&hellip;]</p>

काठमाडौं । बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्ट अन्तर्गत पर्ने चोभार-सतुंगल खण्डको जग्गा अधिग्रहण सुरु भएको छ ।
आयोजना अधिकृत ध्रुब सापकोटाले बिहिबार पाइलट प्रोजेक्टमा पर्ने चन्द्रागिरि र किर्तिपुर नगरपालिकामा चार किल्ला तोकेर सूचना टाँसेका हुन् ।


आयोजनाले सोमबार सार्वजनिक सूचना प्रकाशित गरेर ७ हजार ८ सय रोपनी जमिन अधिग्रहण गर्नेछ ।‘सोमबार ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेपछि पाइलट प्रोजेक्ट अन्तर्गत पर्ने ८९५६ रोपनी जमिन सरकारी स्वामित्वमा आउनेछ’, आयोजनाका अधिकृत सापकोटाले विकासन्युजसँग भने ।

बाहिरी चक्रपथ विकास आयोजनाले पहिलो चरणमा पाइलट प्रोजेक्टका रुपमा चोभार सतुंगल खण्डको ६ दशमलब ६१८ किलोमिटरको काम अघि बढाउन लागेको हो । सो खण्डमा ८० वटा घर भत्काउनुपर्ने आयोजनाले जनाएको छ । ती घरहरुको उचित मुआब्जा दिने पनि आयोजनाले अधिकृत सापकोटाले बताए ।

अघिल्लो सरकारका शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले बैशाख १३ गते बाहिरी चक्रपथको सतुंगल–चोभार क्षेमा पर्ने ६ दशमलब ६१८ किलोमिटर खण्डको डिपिआर स्विकृत गरेका थिए । पाइटल प्रोजेक्टका रुपमा अघि सारिएको यो खण्डको अनुमानित लागत ६ अर्ब ३० करोड रुपैंयाँ रहेको छ । २०६५ सालमा यस्तो लागत जम्मा २ अर्ब ९ करोड रुपैंयाँ मात्रै थियो ।

बाहिरी चक्रपथ आयोजनाले ५५० मिटर जमिन अधिग्रहण गरेर ५० मिटरको आधुनिक सडक निर्माण तथा व्यवस्थित वस्ती विकास गर्नेछ ।

Share News