हंशराज हुलासचन्दको नयाँ शोरुम टाँडी र निजगढमा

<p>काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले चितवनको टाँडी र बाराको निजगढमा सुविधा सहितको नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले सबै ग्राहकहरुलाई उच्च गुणस्तरको बिक्री, सर्भिस तथा स्पेयर प्रदान गर्न दृढ रहेको बताएको छ । साथै, कम्पनीले नयाँ शोरुम शुभारम्भको अवसरमा, शोरुमद्धारा ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु प्रदान गरेको छ । यस कम्पनी बजाज, पल्सर [&hellip;]</p>

काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले चितवनको टाँडी र बाराको निजगढमा सुविधा सहितको नयाँ शोरुम संचालनमा ल्याएको छ ।

कम्पनीले सबै ग्राहकहरुलाई उच्च गुणस्तरको बिक्री, सर्भिस तथा स्पेयर प्रदान गर्न दृढ रहेको बताएको छ । साथै, कम्पनीले नयाँ शोरुम शुभारम्भको अवसरमा, शोरुमद्धारा ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु प्रदान गरेको छ ।

यस कम्पनी बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । यस कम्पनीले आफ्नो कार्यलाई अघि बढाउँदै थप सुविधा सहितको नयाँ शोरुम उक्त स्थानमा संचालन गरेको छ ।

उक्त शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने साथै यसैको माध्यमबाट कम्पनीले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने कम्पनीको अपेक्षा रहेको छ ।

सो अवसरमा कम्पनीका डिपुटी महाप्रबन्धक योगेन गुरुङले टाँडी र निजगढमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी लागेको बताए । साथै, उनले ग्राहकहरुको बढ्दो मागका कारण टाँडी र निजगढमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने बताएका छन् ।

Share News