काठमाडौं । अनलाईन मेघा स्टोरले ग्राहकहरुलाई सहुलियत दिने उद्देश्यले स्मार्ट डोकोले निश्चित सामानको खरिदमा असार ३० देखि साउन ५ सम्म कुपनको व्यवस्था ल्याएको छ ।
‘स्मार्ट डोकोले’ ग्राहकहरुलाई सहुलियत दिने उद्देश्यले निश्चित सामानको खरिदमा ५० प्रतिशत सम्म छुट तथा अन्य ससामानको खरिदमा ५ प्रतिशत सम्मको छुटको व्यवस्था ल्याएको जानकारि दिएको छ ।
स्मार्ट डोकोमा विभिन्न उमेर एवम् समुहका लागि विभिन्न वस्तुहरु रहेका छन् । यो संस्थाले कानुनी रुपमा मान्यता पाएको तथा कुनै पनि ग्राहक वर्गले किनेको सामान फिर्ता गर्न सकिने जानकारि दिइएको छ । साथै उक्त अनलाइनले स्मार्टडोको एप्सको पनि उपलव्धता गराएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
स्मार्टडोकोमा १८ भन्दा धेरै उत्पादन समुह रहेको छन् । भने त्यस अन्तर्गत अन्य उपसमुह पनि रहेका छन् । यहाँ ग्राहकले सहजै रुपमा मोबाइल फोन, विद्युतीय सामान, फेसन आइटम, बच्चाका सामान, घरपालुवा जनावरहरुलाई आवश्यक पर्ने सामान, खाद्य एवं पेय पदार्थ लगायत अन्य थुप्रै सामानहरु पाउने जनाएको छ । हाल स्मार्ट डोकोमा ४५ भन्दा बढी समानहरु रहेका छन भने हरेक दिन नयाँ समानहारु थप्दै गएको तथा ग्राहकहरुको सन्तुष्टिका लागि स्मार्टडोकोले ५सय रुपैयाँ देखि २५सय रुपैयाँ सम्म गिफ्ट कार्ड पनि ल्याएको उल्लेख छ ।
काठमाडौं, पोखरा, नारायणगढ, विराटनगर, इटहरी, धरान र बीरगन्जमा छिटोभन्दा छिटो डेलिभरी सुविधा रहेको कम्पनीले जनाएको छ ।