टाटाद्धारा सोल्टी होटललाई हाईलिफ्ट्स च्याम्प हस्तान्तरण

<p>काठमाडौं । सिप्रदी टे«डिङ प्रालिले सोल्टी क्राउन प्लाजालाई हाई लिप्mटस क्याटरिङ च्याम्प हस्तान्तरण गरेको छ । नेपालको लागि टाटा मोर्टसको आधिकारिक बिक्रेता सिप्रदीले साउन ३२ गते बुुधबार राजधानीमा सोल्टी क्राउन प्लाजामा एक कार्यक्रम आयोजना गरी उक्त च्याम्प हस्तान्तरण गरेको होे । कम्पनीका अनुसार उक्त गाडी हवाईजहाज भित्र खाना ढुवानी गर्न प्रयोग गर्न सकिने छ । [&hellip;]</p>

काठमाडौं । सिप्रदी टे«डिङ प्रालिले सोल्टी क्राउन प्लाजालाई हाई लिप्mटस क्याटरिङ च्याम्प हस्तान्तरण गरेको छ । नेपालको लागि टाटा मोर्टसको आधिकारिक बिक्रेता सिप्रदीले साउन ३२ गते बुुधबार राजधानीमा सोल्टी क्राउन प्लाजामा एक कार्यक्रम आयोजना गरी उक्त च्याम्प हस्तान्तरण गरेको होे ।

कम्पनीका अनुसार उक्त गाडी हवाईजहाज भित्र खाना ढुवानी गर्न प्रयोग गर्न सकिने छ । टाटा १६१३ को च्यासिसमा निर्मित उक्त च्याम्पस् अन्तराष्ट्रिय सुरक्षा मापदण्ड अनुुसार तयार गरिएको दावी कम्पनीले गरेको छ । तीन हजार केजी सम्मको वजन बोक्न सक्ने क्षमता रहेको उक्त गाडि चलाउन र मर्मत गर्न निकै नै सजिलो रहेको छ ।

गाडिको पछाडिको भाग पनि उचाल्न मिल्ने भएकाले लोड, अनलोड गर्न समेत सजिलो हुुने कम्पनीले जानकारी दिएको छ । साधारण क्याटरिङ च्याम्प भन्दा यसको बडीमा स्याण्डवीच कम्प्रेस्ड प्यानल ले खानामा ताजापन कायम नै राख्ने छ ।

कम्पनीका अनुसार यसमा जडान गरिएको पिटिओ, डिसी मोटर ह्याण्ड पम्प, सहजताको लागि क्यामेरा र चालकको क्याविनमा रहेको अपरेटिङ प्यानलले गर्दा यो च्याम्प अन्यको तुुलनामा फरक र उत्कृष्ट रहेको दावी समेत कम्पनीले गरेको छ ।

यसमा जडान गरिएको सबै सामाग्रीहरु बिश्वसनियताको लागि परिक्षण गरिएको र कडारुपमा गुुणस्तर नियन्त्रण भएकाले गर्दा यो च्याम्प सर्वोत्कृष्ट रहेको दावी समेत कम्पनीले गरेको छ ।

Share News