इष्टर्न मोटर्स प्रा.लिले रिटेलर मिट २०१७ को आयोजना गर्यो

<p>काठमाडौं । बतास अर्गनाइजेसनका इष्टर्न मोटर्स प्रा.लिले रिटेलर मिटको आयोजना गर्यो । सो अवसरमा जम्मा ८० रिटेलरहरुको सहभागी थियो । उक्त रिटेलर मिटको मुख्य उद्देश्य भनेको आविष्कार व्यवस्थापन, आर्थिक वर्ष २०७४।७५ को लागि नयाँ डिस्काउन्ट पोलिसी र स्पेस अर्डर प्रक्रियाको बारेमा जानकारी दिनु कम्पनीले जनाएको छ । जसमा पहिलो उच्च विक्रि अवार्ड शिव शेखर इन्टरप्राइजेज, [&hellip;]</p>

काठमाडौं । बतास अर्गनाइजेसनका इष्टर्न मोटर्स प्रा.लिले रिटेलर मिटको आयोजना गर्यो । सो अवसरमा जम्मा ८० रिटेलरहरुको सहभागी थियो ।

उक्त रिटेलर मिटको मुख्य उद्देश्य भनेको आविष्कार व्यवस्थापन, आर्थिक वर्ष २०७४।७५ को लागि नयाँ डिस्काउन्ट पोलिसी र स्पेस अर्डर प्रक्रियाको बारेमा जानकारी दिनु कम्पनीले जनाएको छ ।

जसमा पहिलो उच्च विक्रि अवार्ड शिव शेखर इन्टरप्राइजेज, दोश्रो उच्च विक्रि अवार्ड सिद्धि बिनायक मोटर पार्टस् र तेश्रो उच्च विक्रि अवार्ड चैत्य लक्ष्मी इन्टरनेशनल प्रा.लि. ले पाएको छ । साथै, कार्यक्रममा विभिन्न स्किमहरु पनि राखिएको जानकारी दिएको छ ।

सो कार्यक्रमको स्किमहरुमा युरोप ट्रीप, दुबई ट्रीप, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर ट्रीप, २९ इन्चको एलइडि, सामसुङ एण्ड्रोइड जसमा युरोप ट्रीपका बिजेताशिव शिखर इन्टरप्राइजेज भएको जानकारी दिइएको छ ।

Share News