काठमाडौं । दशैंको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला २०७४ हुने भएको छ । ‘दशैंको बेला सस्तो मेला’ स्लोगन दिइएको यस मेलालाई इभेन्ट सोलुसनले गर्न लागेको हो ।
भदौ २१ गतेबाट २६ गतेसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दशैंका लागि आवश्यक सामग्रीहरुको कारोबार गरिने तथा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फ्रुट्स, मोबाइल, कस्मेटिक, इलेक्ट्रोनिक्स, फुड प्रडक्ट र होम अप्लायन्सको कारोबार हुने जानकारी दिएको छ ।
उक्त मेलामा १ सय भन्दा बढी स्टल रहने यस मेलामा दशैंकालागि आवश्यक पर्ने सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकैठाउँबाट बिशेष छुटमा पाइने आयोजकले जनाएको छ ।
यो मेलाका लागि ८० प्रतिशत भन्दा बढी स्टल बुक भइसकेको इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले जानकारी दिए । केहि दिन भित्र सबै स्टल बुक भइसक्ने उनले बताए ।
उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट मेलामा सामाना किन्न सर्वसाधारण आउने अनुमान गरिएको संयोजक जोशीले बताए । सो मेलामाा ५० हजार बढी उपभोक्ता मेला स्थलमा आउने अनुमान आयोजकको छ।