काठमाडौं । भास्कर ट्रेडिङले कस्मेटिक उत्पादन स्पावेक स्किन केयर नेपाली बजारमा ल्याएको छ । महिला ग्राहकवर्गमा लक्षित यो उत्पादन प्रोडक्टहरु एक सय ३१ रुपैयाँदेखी अधिकतम १२ सय ७८ रुपैयाँसम्म पर्ने कम्पनीले जानकारी दिएको छ ।

बुधबार चर्चित गायिका इन्दिरा जोशीले यो उत्पादनको उद्घाटन गरेकी हुन् । जापानी कम्पनी कोस कर्पोरेसनको स्पावेक ब्राण्डका उत्पादनहरुमा स्पावेक ह््वाइट्नीङ त्रिपल केयर सेरम एण्ड स्पावेक एज सोलुसन इन्टेन्सिभ सेरम रहेको कस्मेटिक कम्पनीले जानकारी दिएकोे छ ।
उत्पादित सो प्रोडक्टमा जापानको रेमिनीन्सससेन्ट स्पावेकको सबै प्रोडक्टमा जापानको सहयोग र समुन्द्रको नुन समावेश गरिनुको साथै माइन कस्मेटिक इन्ग्रिडेन्ट समावेश गरिएको कम्पनीले जनाएको छ ।
स्पावेकले वातावरणका हानिकारक प्रभाव विरुद्ध महिलाको छाला जोगाउने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा भाष्कर ट्रेडिङका निर्देशक विकास पालीके भने, “हाम्रो समन्वय स्पावेकसँग भएकोमा हामी अत्यन्तै गौरवान्वित छौं ।” जापानी प्रविधिबाट निर्मित यो उत्पादन भारतपछि नेपाली बजारमा ल्याइएकाे कम्पनीले जनाएकाे छ ।