प्रधानमन्त्री देउवा र मोदीले स्वीच थिचेर १ सय मेगावाट बिजुली आयात शुरु गरे

<p>काठमाडौं ।  नेपाल–भारत २ वटा अन्तरदेशिय प्रसारणलाइनबाट बिजुली आपूर्ति सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार संयुक्त रुपमा दुरनियन्त्रित यन्त्रबाट (स्वीच थिचेर) बिजुली आयातको शुभारम्भ गरेका छन् । बिहीबारदेखि कटैया–कुसाह अन्र्तगत १३२ केभी क्षमताको दोस्रो प्रसारणलाइनबाट ५० र परवानीपुर– रक्सौल १३२ केभीबाट ५० गरी १ सय मेगावाट बिजुली आयात [&hellip;]</p>

काठमाडौं ।  नेपाल–भारत २ वटा अन्तरदेशिय प्रसारणलाइनबाट बिजुली आपूर्ति सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार संयुक्त रुपमा दुरनियन्त्रित यन्त्रबाट (स्वीच थिचेर) बिजुली आयातको शुभारम्भ गरेका छन् ।

बिहीबारदेखि कटैया–कुसाह अन्र्तगत १३२ केभी क्षमताको दोस्रो प्रसारणलाइनबाट ५० र परवानीपुर– रक्सौल १३२ केभीबाट ५० गरी १ सय मेगावाट बिजुली आयात सुरुवात भएको छ ।

दुबै प्रसारणलाइन भारतको अनुदान सहयोगमा निर्माण भएका हुन् । दुबै लाईनको काम ६ महिनाअघि सम्पन्न भएपनि बिजुली प्रवाह भएको थिएन् । प्रसारणलाइन निर्माण भएपनि सञ्चालमा ल्याइएको छ्रैन् ।

कटैया–कुसाह अन्र्तगत अर्को प्रसारणलाइनबाट बिजुली आपूर्ति भइरहेको छ । यो लाइन भारतको सहयोगमा निर्माण भएको हो । यो वर्ष विद्युतभार कटौती (लोडसेडिङ) अन्त्यका लागि भारतबाट थप गरी कुल ५ सय मेगावाटसम्म बिजुली आपूर्तिको तयारी छ । गत वर्ष ३८५ मेगावाटसम्म बिजुली आयात भएको थियो ।

 

Share News