काठमाडौं। टेलि इन्नोभेसनले ललितपुरमा ललितपुर मलको दोस्रो तलामा नौलो प्रविधि अपनाएर मोबाइलको बिक्रि सुरु गरेको छ । ग्राहकलाई सुलभ मुल्यमा विश्वबजारका सवैजसो ब्राण्डहरु उपलब्ध गरिने उद्देश्यले यहि आउदो १ सेप्टेम्बर २०१७वाट उक्त टेलि इनोभेसन मल्टिब्रान्ड मोबाइल हब संचालन गरिने भएको हो ।

स्ट्यान्र्ड चार्टड बैंकको आकर्षक जागिर त्याग्दै युवा व्यवसायीको रुपमा निरज सापकोटाले यो व्यवसायमा हात हालेका हुन् । टेलि इनोभेसनको शुभारम्भको उपलक्ष्यमा सेप्टेम्बर फस्टदेखि सेप्टेम्बर २५ सम्म ५ प्रतिशत देखि ५० प्रतिशतसम्म हरेक मोबाइल तथा एसेसरिज खरिदमा छुट दिने कम्पनीले जानकारी दिएको छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार, जस्तै पावर बैंक, सेल्फी स्टिक, हेड फोन, मोबाइल कभर, ब्लुटुथ, मेमोरी कार्ड तथा पेनड्राइभ दिइनेछ ।
कम्पनीका अनुसार अवधीमा एप्पल, एचटिसी, हुवावे, जियोनी, सामसगं, वान प्लस, ओप्पो, लाभा, कलर्स, डिटिसी, माइक्रोम्याक्स लगायतका मोबाइल सेटहरु रहनेछन् । नेपालमा पहिलो पटक नौलो अवधारणा सहित संचालनमा आएको यो मल्टि ब्रान्ड सो रुममा ग्राहकले सहज वातावरणमा आफ्नो छनौटका उपकरणबारे विस्तृत जानकारी पाउनेछन् ।
कम्पनीका प्रमुख कार्यकारी रहेका नीरज सापकोटाले भने, ‘मोबाइल सेक्टरमा अझै स्तरिय सुविधा ग्राहकले नपाएको र टेलि इनोभेसनको शुभारम्भपछि सम्पुर्ण सुविधा सम्पुर्ण ग्राहकले पाउने विश्वास दिलाउन चाहान्छौं ।’ त्यहा मोबाइल खरिद गर्नेहरुलेडेबिट र क्रेडिट कार्डबाट समेत भुक्तानी गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।