एप्पलको बहुप्रतिक्षित आइफोन ८ ‘सेप्टेम्बर १२’मा लञ्च गरिने, यस्ता छन् फिचर

<p>अहिले विश्वभरका मोबाइल बजार एउटै सबालमा अल्झिएका छन् &#8211; आइफोन ८ कहिले सार्वजनिक हुन्छ र कहिलेबाट बिक्री सुरु हुन्छ ? तर अब छिट्टै प्रतिक्षाको घडि सकिदैछ । एप्पलको बहुप्रतिक्षित उत्पादन आइफोन ८ आगामी सेप्टेम्बर १२ तारिखमा सार्वजनिक हुने खुलासा भएको छ । एप्पलले आधिकारिक घोषणा नगरेतापनि यो कुरा चर्चित फ्रान्सेली साइट म्याकफोरेबरमा यस्तो खुलासा भएको हो [&hellip;]</p>

अहिले विश्वभरका मोबाइल बजार एउटै सबालमा अल्झिएका छन् – आइफोन ८ कहिले सार्वजनिक हुन्छ र कहिलेबाट बिक्री सुरु हुन्छ ? तर अब छिट्टै प्रतिक्षाको घडि सकिदैछ ।

एप्पलको बहुप्रतिक्षित उत्पादन आइफोन ८ आगामी सेप्टेम्बर १२ तारिखमा सार्वजनिक हुने खुलासा भएको छ । एप्पलले आधिकारिक घोषणा नगरेतापनि यो कुरा चर्चित फ्रान्सेली साइट म्याकफोरेबरमा यस्तो खुलासा भएको हो ।

आम मोबाइप्रयोगकर्ताको ध्यान एप्पलको १० औं वार्षिकोत्सवमा छ । एप्पलले वार्षिकोत्सव आगामी सेप्टेम्बर मै गर्ने अनुमान गरिएको छ । अन्य मोबाइल कम्पनी जस्तो एप्पलले घोषणा गर्नुपूर्व तिथीमिती सहितको जानकारी नेटवर्कलाई बुझाउनुपर्ने हुन्छ । त्यसैले त्यहाँ जानकारी बाहिर आएको छ।

सेप्टेम्बरमा एप्पलका सिइओ टिम कुकले तीनवटा फोन सार्वजनिक गर्ने अड्कल गरिएको छ । जसमा आइफोन ८ सँगै आइफोन ७ एस र ७ एस प्लसको अपग्रेड भर्सन हुनेछन् ।

परम्परा अनुसार एप्पलले शुक्रबारकै (सेप्टेम्बर १५) दिन नयाँ प्रडक्टको बिक्री सुरु गर्ने म्याकफोरेबरले जानकारी दिएको छ ।
एप्पलले फोनलाई मंगलवार वा बुधवार सार्वजनिक गर्छ र शुक्रबारदेखि बिक्रीका लागि सुरू गर्दछ ।

लगातारको खुलासासँगै न्यु योर्क टाइम्समा प्रकाशित लेखमा ‘पिपुल ब्रिफड अन द प्रडक्ड’का अनुसार आइफोन ८ को सुरुवाती मूल्य ९९९ अमेरिकी डलर हुनेछ । (यो आइफोन ७ को एन्ट्रि लेबलको मूल्य भन्दा ३५० डलर महंगो हो ।)

नयाँ फोन २५६ जिबि तथा ५१२ जिबि भर्सन आउने अनुमान गरिएको छ ।   बिल्कुलै फरक डिजाइनका साथ प्रस्तुत हुने आइफोन ८ मा ५.५ ईञ्चको डिस्प्ले रहेको छ । यसको आकार आइफोन ७ भन्दा ठुलो हुनेछ । यसमा स्क्रिनलाई फराकिलो राखेर होम बटनलाई हटाइएको छ । अन्य नयाँ फिचरका रुपमा एप्पलले अनुहार पहिचान गरेर फोनको लक खोल्ने सिस्टम राखेको छ । यसलाई वायरलेस चार्ज गर्न मिल्नेछ । अर्थात म्याग्नेटिक इन्डक्सनबाट पनि चार्ज गर्न मिल्ने कुराहरु जानकारीमा आएको छ ।

चिनियाँ सामाजिक सञ्जालमा आए अनुसार नयाँ फोन कपर, सेतो र कालो रंगमा आउनसक्छन् ।

– एजेन्सीको सहयोगमा

Share News