नाडा अटो शोमा अफरको प्रतिश्पर्धाः के के ल्याउँदैछन् व्यवसायीले उपभोक्ता तान्ने योजना ?

<p>काठमाडौं । मंगलबारदेखि सुरु हुने नाडा अटो शो २०१७ मा सवारी साधनका आधिकारिक बिक्रेताहरुले सवारी साधनमा आक्रामक अफरहरु ल्याएका छन्। एकै ठाँउमा धेरै ग्राहकहरुको भीड लाग्ने भएकाले कम्पनीले विभिन्न अफर ल्याएका हुन्। विभिन्न गाडीहरुको अफरमा नै प्रतिश्पर्द्धा जस्तो देखिएको छ । विश्वका ठुला गाडी कम्पनीहरुले गाडी विशेष छुटको पनि अफर ल्याएका छन्। &#8216;एकै थलोमा धेरै [&hellip;]</p>

काठमाडौं । मंगलबारदेखि सुरु हुने नाडा अटो शो २०१७ मा सवारी साधनका आधिकारिक बिक्रेताहरुले सवारी साधनमा आक्रामक अफरहरु ल्याएका छन्। एकै ठाँउमा धेरै ग्राहकहरुको भीड लाग्ने भएकाले कम्पनीले विभिन्न अफर ल्याएका हुन्।

विभिन्न गाडीहरुको अफरमा नै प्रतिश्पर्द्धा जस्तो देखिएको छ । विश्वका ठुला गाडी कम्पनीहरुले गाडी विशेष छुटको पनि अफर ल्याएका छन्।

‘एकै थलोमा धेरै ग्राहकहरु भेला हुने यो सुवर्ण अवसर हो,’ नाडा अटो मोबाइल एसोसिएसनका अध्यक्ष अनजन कुमार श्रेष्ठले भने।

महिन्द्राको सुनदेखि गाडीसम्मको अफर

महिन्द्राले गाडी किन्ने बित्तिकै स्क्र्याच मा एक तोलासम्मको सुन तथा महिन्द्रा गस्टो १२५ को अफर ल्याएको छ । कम्पनीले १५ दिने बम्परमा महिन्द्रा मोजो ३०० सिसिको अफ राइड बाइक राखेको छ । त्यस्तै इको फ्रेन्डली बम्परमा (वातावरणमैत्री अफर) महिन्द्रा इ२० प्रदान गर्नेछ । प्रिमियम बम्परमा महिन्द्रा एक्सयुभी ५०० रहेको छ । यो योजना नाडा अटो शोदेखि लागु हुने कम्पनीले जानकारी दिएको छ । शो अवधिभर बम्पर अफर बाहेक महिन्द्रका जुनसुकै शोरुमबाट गाडी किन्दा इ२० र गस्टो १२५ जित्ने सकिनेछ । त्यस्तै स्टलमा आएर गाडीमा राखेको क्यास गेस गरेर लक्की ड्र मार्फत गस्टो १२५ जित्न सकिने कम्पनीले जानकारी दिएको छ ।

डाट्सनको बिमा सुविधादेखि बम्पर उपहार

डाट्सनले चाडपर्व केन्द्रित योजना अन्तरगत डाट्सन गाडीको खरिदमा दुई लाख २५ हजारसम्मको नगद छुट, एक वर्षको नि:शुल्क बीमा, एक्सचेन्ज सुविधा, नि:शुल्क एक्सेसरिज् तथा लक्की-ड्र मार्फत पाँच लाख रुपैयाँसम्मको नगद छुट र बम्पर उपहारमा डाट्सन रेडि-गो ल्याएको छ ।

डि लाइफस्टायलको उपहारमा आइफोनदेखि देखि सामसङका मोबाइल

डि लाइफस्टायलले आफ्ना दुई स्कुटर भेस्पा र अप्रेलियामा दसैं, तिहार र छठ २०७४ को ग्राण्ड फेस्टा अफर ल्याएको छ । भेस्पा स्कुटर खरिद गर्नेलाई लक्की ड्र मार्फत नयाँ आइफोन तथा अप्रेलिया स्कुटर खरिद गर्नेलाई बम्पर उपहार स्वरुप सामसङ ग्यालेक्सी एस८ राखिएको छ । नाडा अटो शोमा एक्सचेन्ज र टेस्टराइडपनि सुविधा राखिएको कम्पनीले जानकारी दिएको छ । साथै सुपर अफर अन्तर्गत नौ जनालाई पोलाराइड स्न्याप र क्युब क्यामरा प्रदान गरिनेछ ।

फोर्डको क्यासमा क्यास अफर

फोर्डको क्यासमा क्यास अफर अन्तर्गत गाडीमा सात लाख रुपैयाँसम्मको क्यास डिस्काउण्ट अफर राखेको छ । त्यस्तै ब्याजदर पनि ८.९९ प्रतिशत ब्याजदर राखेको छ । यामाहाले चाड दसैं र झिलिमिली पर्व तिहारलाई लक्षित गरी ‘क्यास इन्स्ट्यान्ट अफर’ नामक नयाँ योजना ल्याएको छ ।

यमाहाको एक लाख रुपैयाँ पुरस्कार

यस योजनामा यमाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ छुट, साप्ताहिक लकी ड्रमार्फत एक लाख रुपैयाँ पुरस्कार र बम्बर पुरस्कारमा ब्रान्ड न्यु स्कोडा र्यापिड जित्न सक्ने कम्पनीले जनाएको छ ।

 

Share News