काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले चाडपर्व लक्षित गरेर ग्राहकका लागि उत्सव एक्सप्रेस अफर ल्याएको छ । कम्पनीले उपभोक्तालाई लक्कि ड्र मार्फत ९० दिनसम्म उपहार दिने घोषणा गरेको छ ।

योजना अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पुर्ण सेवाग्राहीहरु सो योजनामा सहभागी हने कम्पनीले जनाएको छ । यो अफर भदौ १८ गतेदेखी मंसिर १५ गतेसम्म लागु हुने सिट एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डनले जानकारी दिए ।
कम्पनीले लक्कि ड्र मार्फत दैनिक एक तोला चाँदीका सिक्का, क्याप, टी सर्ट, र किरिङ उपहार दिनेछ । साप्ताहिक रुपमा एकजना विजेताले ओप्पो मोबाइल र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनालाई एलजी रेफ्रिजेरेटर उपहार प्रदान गरिने रेमिटेन्स कम्पनीले जनाएको छ ।
योजनाको अन्तिम दिनमा विजेताले बम्पर उपहारका रुपमा रेनोल्टको क्विड आर.एक्स.एल कार जित्न सक्ने छन् । दैनिक, साप्तहिक तथा मासिक विजेताहरुसमेत बम्पर उपहारका लागि सहभागी गराउने कम्पनीले जानकारी दिएको छ । यो योजनाको विजेता छनौट गर्दा विद्युतिय प्रणाली अपनाउने कम्पनीले जनाएको छ ।