काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बोटलर्स नेपाल तराई लिमिटेडको नाफा बढेको छ । गत असोजसम्म कम्पनीले २२ करोड ४३ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
गत आवको सोही अवधिमा बोटलर्सले १७ करोड ९८ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बोटलर्सले झण्डै ५ करोड रुपैयाँ खुदनाफा बढाएको छ ।
समीक्षा अवधिमा कम्पनीले विभिन्न ब्राण्डका पेयपदार्थ बिक्रि गरेर १ अर्ब ७२ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा उसले १ अर्ब २२ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
गत आवको तुलनामा यो आवमा बोटलर्सको आम्दानी झण्डै ५२ करोड रुपैयाँ बढेको कम्पनीले शुक्रबार सार्वजनिक गरेको पहिलो त्रैमाशिक वित्तीय विवरणमा उल्लेख गरिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १८५ रुपैयाँ छ ।