काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ काठमाडौं दुर्त मार्ग(फाष्ट ट्रयाक) को डीपीआर सेना आफैले बनाउने भएको छ । सेनाले एसियन डेभलपमेन्ट बैंकको सम्भाब्यता अध्ययन रिर्पोटको आधारमा डीपीआरकाे काम अघि बढाउने भएको छ ।

सेनाको आयोजना उपप्रमुख सुर्यप्रसाद खनालले चालु आर्थिक वर्ष भित्रै डीपीआर बनाई सक्ने बताएका छन् ।
सेनाले आगामी चार वर्ष भित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । ७६.२ किलोमिटर लम्बाई रहेको उक्त डीपीआर एसियाली मापदण्डको बाटो हो ।