सेयर बजारमा कालोधन भित्रिएपछि केवाईसीमा कडाई, तीन पुस्ते विवरण र घरको नक्सा अनिवार्य

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारीलाई केवाईसीमा(ग्राहक विवरण)मा थप कडाई गरेको छ । सेयर बजारमा कालोधन भित्रिएको प्रमाण फेला परेपछि बोर्डले केवाइसीमा कडाई गरेको हो । केहि दिनअघि मात्रै सम्पति सुद्धिकरणको पैसा सेयर बजारमा लगानी भएको फेला परेको थियो । हालसम्म धितोपत्र कारोवार गर्दा सिमित रुपमा मात्र ग्राहक विवरण भर्नु पर्ने व्यवस्था थियो । [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारीलाई केवाईसीमा(ग्राहक विवरण)मा थप कडाई गरेको छ । सेयर बजारमा कालोधन भित्रिएको प्रमाण फेला परेपछि बोर्डले केवाइसीमा कडाई गरेको हो । केहि दिनअघि मात्रै सम्पति सुद्धिकरणको पैसा सेयर बजारमा लगानी भएको फेला परेको थियो ।

हालसम्म धितोपत्र कारोवार गर्दा सिमित रुपमा मात्र ग्राहक विवरण भर्नु पर्ने व्यवस्था थियो । तर अब भने कारोबारीले परिवारका सदस्यहरुको विवरण, पेशागत विवरण, वसोवास गर्ने स्थानको नक्शा, इन्भेष्टमेन्ट कम्पनीमा संग्लन भए/नभएको विवरण धितोपत्र खरिदका लागि प्रयोग गर्ने रकम सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रचलित कानुन विपरित आर्जन नगरेको उद्घोष गर्नुपर्नेछ ।

त्यस्तै, कम्पनी/संस्थाको हकमा दर्ता सम्वन्धी विस्तृत विवरण तथा कम्पनी/संस्थाको पहिलो तथा दोस्रो सम्पर्क व्यक्तिको तिन पुस्ते विवरण भर्नुपर्नेछ ।

 

Share News