काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो २ नयाँ शाखा झापाको काकरभिट्टा र मेचिनगरमा विस्तार गरेको छ । सोमबार एक समारोहका बीच मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले उक्त नयाँ शाखाको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

यस २ शाखा कार्यालयहरुको उद्घाटन सँगै हाल यस बैंकले १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।