गण्डकी विकास बैंकको खुदनाफा साढे २० करोड, खराब कर्जा न्युन

<p>काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा गण्डकी विकास बैंकले नाफा बढाएको छ । गत पुससम्म २० करोड ४५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १८ करोड १५ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरणअनुसार नाफामा सामान्य वृद्धि गरेको छ । [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा गण्डकी विकास बैंकले नाफा बढाएको छ । गत पुससम्म २० करोड ४५ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत आवको सोही अवधिमा बैंकले १८ करोड १५ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरणअनुसार नाफामा सामान्य वृद्धि गरेको छ ।

गत पुससम्म खराब कर्जा ०.८८, निक्षेप लागत ८.४७, कर्जा निक्षेप अनुपात ७६.८१, कर्जा निक्षेपबीचको ब्याजदर अन्तर ५.५६ र आधार ब्याजदर ११.८६ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १८ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकले निक्षेप बढाएर १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप १२ अर्ब ५९ अर्ब रुपैयाँ थियो ।

यस्तै कर्जा लगानी पनि विस्तार भएको छ । गत पुससम्म बैंकले १७ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ११ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकको संचिति कोष बढेर १ अर्ब १३ करोड ८२ लाख रुपैयाँ पुगेको छ । चुक्तापुँजी १ अर्ब ८४ करोड रुपैयाँ पुगेको बैंकले जानकारी दिएको छ ।

Share News