अब घरमै बसेर आइपीओ, हकप्रद र एफपीओ भर्न सकिने

<p>काठमाडौं । अब घरमै बसेर आइपीओ, हकप्रद सेयर र एफपिओमा आवेदन दिन सकिने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आजबाटै सि आश्वा प्रणाली अनिवार्य गरेर प्राथमिक निष्काशनकाे अावेदन घरबाटै गर्न सकिने प्रबन्ध मिलाएको हो । सिडिएसले सार्वजनिक सूचना प्रकाशित गरेर भनेको छ–यसै मितिबाट पूर्ण रुपमा लागू गरिएको व्यहोरा सम्पूर्ण बैंक तथा वित्तिय संस्था, निष्काशनकर्ता, [&hellip;]</p>

काठमाडौं । अब घरमै बसेर आइपीओ, हकप्रद सेयर र एफपिओमा आवेदन दिन सकिने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आजबाटै सि आश्वा प्रणाली अनिवार्य गरेर प्राथमिक निष्काशनकाे अावेदन घरबाटै गर्न सकिने प्रबन्ध मिलाएको हो ।

सिडिएसले सार्वजनिक सूचना प्रकाशित गरेर भनेको छ–यसै मितिबाट पूर्ण रुपमा लागू गरिएको व्यहोरा सम्पूर्ण बैंक तथा वित्तिय संस्था, निष्काशनकर्ता, निष्काशन तथा बिक्रि प्रबन्ध, लगानीकर्ताहरु तथा सम्बन्धित सरोकारवालाहरु सबैमा जानकारी गराइन्छ ।’

हालसम्म २५ वटा बैंक तथा वित्तिय संस्थाहरुले मात्रै सि आश्वाको सदस्यता लिएका छन् । सिडिएसले तुरुन्तै सि आश्वाको सदस्यता लिन सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरुलाई अनुरोध समेत गरेको छ । सि आश्वाको सदस्यता लिएका बैंक तथा वित्तिय संस्थाहरुले लगानीकर्तालाई दर्ता गराएर मेरो सेयर नामक सेवा मार्फत घरबाटै सेयरमा आवेदन दिने व्यवस्था मिलाउनेछन् । त्यसका लागि इन्टरनेटको पहुँच भने पुगेकै हुनुपर्नेछ ।

सिडिएसका प्रवक्ता सुरेश न्यौपानको अनुसार अब ७७ वटै जिल्लाबाट सि आश्वा मार्फत घरमै बसेर सेयर आवेदन दिन सकिनेछ । लगानी कर्ताले आफ्नो बैंक खाता र डिम्याट खातालाई सम्बन्धीत बैंक मार्फत मिलान गराउनुपर्नेछ । त्यसपछि बैंकले लगानीकर्तालाई सि आश्वा रजिष्ट्रेशन नम्बर(सिआरएन) उपलब्ध गराउनेछ । सोही नम्बरका आधारमा लगानीकर्ताले आइपीओ, हकप्रद र एफपीओमा घरबाटै आवेदन दिन सक्नेछन् ।

Share News