सेयर बजार घटेका बेला राम्रो प्रतिफल दिने म्युचअल फण्डमा पनि लगानीकर्ताको आकर्षण कम

<p>काठमाडौं । सेयर बजार घटिरहदा राम्रो प्रतिफल दिने सामूहिक लगानी कोष (म्युचअल फण्ड) मा लगानीकर्ताको आकर्षण कमी आएको छ । एनआईसी एसिया बैंक र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रति इकाई १० रुपैयाँ दरका २ अर्ब रुपैयाँको २० करोड इकाई म्युचअल फण्ड बिक्री नभएपछि म्याद थप गरेका छन् । &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; [&hellip;]</p>

काठमाडौं । सेयर बजार घटिरहदा राम्रो प्रतिफल दिने सामूहिक लगानी कोष (म्युचअल फण्ड) मा लगानीकर्ताको आकर्षण कमी आएको छ ।
एनआईसी एसिया बैंक र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रति इकाई १० रुपैयाँ दरका २ अर्ब रुपैयाँको २० करोड इकाई म्युचअल फण्ड बिक्री नभएपछि म्याद थप गरेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

दुबै बैंकको म्युचअल फण्ड निष्कासनको म्याद सोमबारसम्म थियो । एनआईसी एसियाले १ अर्ब रुपैयाँको एनआईसी एसिया ग्रोथ फण्ड र सिटिजन्सले पनि १ अर्ब रुपैयाँकै सिटिजन्स म्युचअल फण्ड १ निष्कासन गरेका हुन् ।सिटिजन्सको सोमबारसम्म ६० करोड रुपैयाँको मात्र म्युचअल फण्ड खरिदका लागि १४ हजार आवेदन परेको छ । यस्तै एनआईसी एसियाको यही हारहारीमा आवेदन परेको एनआईसी एसिया क्यापिटल लिमिटडले जनाएको छ ।

राम्रो प्रतिफल दिने भएपनि म्युचअल फण्डमा लगानीकर्ताको आकर्षण कम देखिएको सीबीआइएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहाल बताउछन् । “ आकर्षक प्रतिफल हुदाहुदै खरिद नहुदा हामी अचम्म परेका छौ” उनले भने “निर्धारित समयमा पुरै बिक्री नभएपछि आउदो १७ गतेसम्म म्याद थप गरेका छौ ।”

यस्तै एनआईसी क्यापिटलका सीईओ जनकराज ढुङेलले पनि म्युचअल फण्ड पुरै बिक्री नभएकाले म्याद थप गरिएको बताए । विकास न्युजसंग कुरा गर्दै उनले २१ गतेसम्म समय थपेको बताए । राम्रो प्रतिफल दिने भएपनि लगानीकर्ताको आकर्षण कम देखिएको उनले स्वीकारे । यसअघि सानिमा बैंक र सिद्धार्थ बैंकले निष्कासन गरेको म्युचअल फण्ड पनि लगानीकर्ताको चासो कम देखिएको थियो ।

सिटिजन्स र एनआईसी दुबै म्युचअल फण्डको अवधि ७ वर्ष छ । एनआईसी एसियाले वार्षिक औसत १६ प्रतिशत र सिटिजन्सले वार्षिक औसत २२ प्रतिशत भन्दा बढी लाभांश दिने प्रक्षेपण गरिएको छ । ग्रोथ फण्डको योजना व्यवस्थापक एनआईसी क्यपिटल लिमिटेड र सिटिन्जन्सको सीबीआइएलले गरेका छन् ।

सिटिजन्स म्युचअल फण्डले पहिलो वर्ष ७.४, दोसो वर्ष १७, तेस्रो वर्ष १५.१८, चौथो वर्ष २०, पाँचौ वर्ष १९.८५, छैठौ वर्ष ३८.५ र सातौ वर्ष ३८.२ प्रतिशत प्रतिफल दिने छ । अन्तिम वर्ष फण्ड बिक्री गरेर रकम लगानीकर्तालाई बितरण हुनेछ ।

सिटिजन्स म्युचअल फण्डले पहिलो वर्ष २ करोड ३७ लाख २६ हजार रुपैयाँ नगद लाभांश दिने छ । त्यसपछि दोस्रो वर्ष २ करोड ९८ लाख, तेस्रो वर्ष ४ करोड ९ लाख, चौथो वर्ष ९ करोड १ लाख पाँचौ वर्ष ४ करोड २१ लाख, छैठौ वर्ष १८ करोड ९९ लाख र सातौ वर्ष बढेर २५करोड ३७ लाख रुपैयाँ लाभांश दिने सीबीआईएलले जनाएको छ ।

सीबीआईएलले कुल इकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख सिटिजन्स बैंकलाई सुरक्षति गरी साढे ८ करोड इकाई बिक्रीका लागि खुला गरेको छ । फण्डको नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार गर्न सकिने छ । इकाइ अंकित मूल्यका आधारमा लाभांश वितरण गर्ने र संचित नाफालाई पुनः लगानीका लागि उपयोग गरिने जानकारी दिइएको छ ।

यस्तै एनआईसी एसिया ग्रोथ फण्डले वार्षिक १६.१३ प्रतिशतसम्म प्रतिफल दिने भएको छ । उसले सार्वजनिक गरेको लगानी आब्हानपत्रमा ७ वर्ष अवधिको योजनाले पहिलो वर्ष १५.७५, दोस्रो वर्ष १६.१४ र त्यसपछिका वर्षमा १६.१३ प्रतिशत लाभांश दिने प्रतिवद्धता जनाएको छ ।
ग्रोथ फण्डले सुरुको वर्षमा १० करोड रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । त्यसपछिका वर्षमा ११ करोड, १२ करोड, १३ करोड १४ करोड र छैठौ वर्षमा १५ करोड रुपैयाँ नगद लाभांश बाड्ने एनआईसीले जनाएको छ ।

लाभांश दिन ग्रोथ फण्डले पहिलो वर्ष १८ करोड ७५ लाख रुपैयाँ आम्दानी गर्नेछ । त्यसपछिको बढ्दै गएर अन्तिम वर्षमा आम्दानी बढेर २५ करोड ३८ लाख ८३ हजार रुपैयाँ पुग्नेछ । ग्रोथ फण्डले पहिलो वर्ष १५ करोड ५६ लाख ८४ हजार रुपैयाँ नाफा गर्ने छ । त्यसपछि लगातार नाफा बढाउने प्रक्षेपण गरेको छ । योजनाका इकाइ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार हुने छ ।

 

 

Share News