३ लाख भूकम्प पीडितले घर बनाउन दोश्रो किस्ता नपाउने

<p>काठमाडौं । ३ लाख भन्दा बढि भूकम्प पीडितले घर बनाउन दोश्रो किस्ता नपाउने भएका छन् । २०७३ पुस मसान्त अघि पहिलो किस्ता लिएका भूकम्प पीडितले २०७४ पुस मसान्त अघि दोश्रो किस्ताका लागि आवेदन दिनै पर्ने व्यवस्थाका कारण तीन लाख भन्दा बढि भूकम्प पीडित दोश्रो किस्ता पाउनबाट बञ्चित भएका हुन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणको २०७४ कात्तिक [&hellip;]</p>

काठमाडौं । ३ लाख भन्दा बढि भूकम्प पीडितले घर बनाउन दोश्रो किस्ता नपाउने भएका छन् । २०७३ पुस मसान्त अघि पहिलो किस्ता लिएका भूकम्प पीडितले २०७४ पुस मसान्त अघि दोश्रो किस्ताका लागि आवेदन दिनै पर्ने व्यवस्थाका कारण तीन लाख भन्दा बढि भूकम्प पीडित दोश्रो किस्ता पाउनबाट बञ्चित भएका हुन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको २०७४ कात्तिक २९ गते बसेको प्रधानमन्त्री नेतृत्वको निर्देशक समिति बैठकले पुस मसान्त भित्रै दोश्रो किस्ताका लागि आवेदन नदिए प्रक्रियाबाटै बाहिरीनुपर्ने निर्णय गरेको थियो ।

प्राधिकरण श्रोतका अनुसार २०७३ पुस मसान्त अघि ५ लाख भन्दा बढि भूकम्प पीडितले पहिलो किस्ता रकम लिईसकेका थिए । हाल पहिलो किस्ता लिनेहरुको संख्या ६ लाख ६९ हजार ५ सय ४२ पुगेको छ । हालसम्म करिब एक लाख ५० हजार भूकम्प पीडितले मात्रै दोश्रो किस्ता लिएका छन् । करिब ५० हजार ७ सय ९८ भूकम्प पीडितले दोश्रो किस्ता पाएका छन् ।

दोश्रो किस्ताका लागि आवेदन दिनेहरुको संख्या जम्मा २ लाख २० हजार ३ सय ९५ रहेको छ । प्राधिकरणको सो निर्णय नसच्चिए तीन लाख भन्दा बढि भूकम्प पीडितले घर बनाउन दोश्रो किस्ता पाउने छैनन् ।

‘पुननिर्माणको आफ्नै गति छ, समय सिमा पनि छ, पहिलो किस्ता लिएर घरको जग समेत नहाल्नेहरुलाई सधैभरी कुरेर बस्न सकिँदैन, त्यसैले सिमा तोकेर दोश्रो किस्ताका लागि आव्हान गरेका थियौं, सो अवधीमा धेरै प्रगति भएको छ’, प्राधिकरणका सहायक प्रवक्ता डा. भिष्म कुमार भुषालले विकासन्युजसँग भने ।

उनले वृद्ध वृद्धा मात्रै रहेको परिवार, अपांगता भएको परिवार र सरकारी ढिला सुस्तीका कारण दोश्रो किस्ताका लागि आवेदन दिन नपाएकाहरुका लागि भने सोच्न सकिने बताए । तर पैसा लिएर पनि घर निर्माणको कुनै काम अघि नबनाउनेहरुका लागि भने केहि गर्न नसकिने उनले बताए ।

‘पैसा लिएर घर नबनाई सुतेर बस्नेहरुलाई प्राधिकरणले कुरेर बस्न सक्दैन्, यद्यपी अन्तिम पटकलाई भनेर थोरै समय थपिन पनि सक्छ, तर त्यसका लागि प्रधानमन्त्रीको अध्यक्षतामा पुनः निर्देशक समितिको बैठक बस्नु पर्छ’, प्रवक्ता भुषालले भने ।

 

 

Share News