पोखरा । कास्कीबाट प्रदेश न ४ का सांसद एबम युबा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिब पाहारिले फेवा ताल संरक्षणको काम शुरु भएको घोषणा गरेका छन् ।
पाहारिले बुधबार पोखरामा विशेष पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि उक्त ताल संरक्षण गर्ने कुरा बताएका हुन् । फेवाको आकार बढाउने काम सपथ लिएको एक हप्तामा शुरु गर्ने बताएका पहारीले केहि पेपर र कानुनी प्रक्रिया शुरु भएको बताएका छन् । उनले स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकारसँगको सहकार्यमा सरोकारवाला निकायको सहभागितामा अब पहिलेकै फेवा बनाउने बताए ।
साथै, उनले अब हुने प्रदेश संसद्को पहिलो बैठकमा आफुले फेवाताल संरक्षण सम्बन्धि अति जरुरि सार्बजनिक महत्वको प्रस्ताब दर्ता गर्ने बताएका छन् । सो प्रस्ताव दर्ता पछी अझ बढी काम गर्ने फराकिलो बाटो बन्ने बताउँदै कुनै राजनीतिक एवम् अन्य आग्रह पूर्वाग्रह बिना सो कार्य सम्पन्न गराएरै छाड्ने पाहारिले बताए ।