एमएडब्लु अर्थमुभर्स जेसीबीको नं १ डिलर बन्न सफल, सबैभन्दा बढी निर्माण उपकहरणहरुको बिक्री

<p>काठमाडौं । एमएडब्लु अर्थमुभर्स प्रालि जेसीबी इन्डिया लिमिटेडको नं १ डिलर बन्न सफल भएको छ । सन् २०१७ मा सबैभन्दा बढी जेसीबीका निर्माण उपकहरणहरुको विक्री गरेर एमएडब्लु अर्थमुभर्स नं १ डिलर बनेको हो । गएको एक वर्षमा एमएडब्लुले दुई हजार एक सय ४० वटा जेसीबी ब्रान्डका निर्माण उपकरणको बिक्री गरेको थियो । यो उपलब्धीसँगै एमएडब्लु [&hellip;]</p>

काठमाडौं । एमएडब्लु अर्थमुभर्स प्रालि जेसीबी इन्डिया लिमिटेडको नं १ डिलर बन्न सफल भएको छ । सन् २०१७ मा सबैभन्दा बढी जेसीबीका निर्माण उपकहरणहरुको विक्री गरेर एमएडब्लु अर्थमुभर्स नं १ डिलर बनेको हो । गएको एक वर्षमा एमएडब्लुले दुई हजार एक सय ४० वटा जेसीबी ब्रान्डका निर्माण उपकरणको बिक्री गरेको थियो ।

यो उपलब्धीसँगै एमएडब्लु अर्थमुभर्स दक्षिण एसियामा सर्वोत्कृष्ट र विश्वमा दोस्रो सर्वोत्कृष्ट डिलर बनेको छ । एमएडब्लु जेसीबीको ‘क्लब २०००’ को पहिलो सदस्यसमेत बनेको छ । जेसीबी इन्डियाको कुनै पनि डिलरले एक वर्षमा दुई हजार वटा मेसिन विक्री गरेको यो पहिलो अवसर हो ।

जेसीबी इन्डियाले मंगलबार एक समारोहमा एमएडब्लुलाई यो सफलताका लागि सम्मान गरेको छ । कार्यक्रममा जेसीबी इन्डियाका सीइओ एवं प्रबन्ध निर्देशक विपिन सोन्धीले एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाललाई २००० क्लबको अवार्ड हस्तान्तरण गरेका छन् ।

यसका साथै, एमएडब्लु अर्थमुभर्स दक्षिण एसियामै सबैभन्दा बढी ब्याकहो लोडर, एस्काभेटर र ह्विललोडर बिक्री गर्न सफल डिलरसमेत बनेको छ । एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा जेसीबीको डिलरसिप लिएको थियो ।

बेलायत, जर्मनी, अमेरिका, अस्ट्रेलिया र भारत लगायतका देशमा रहेका २२ वटा प्लान्टबाट जेसीबीले तीनसयभन्दा बढी प्रकारका निर्माण र हेभि उपकरणको उत्पादन गर्दै आएको छ । विश्वको तेस्रो ठूलो निर्माण उपकरण निर्माता जेसीबीका मेसिनहरु संसारको एकसय ५० वटा मुलुकमा प्रयोग गरिन्छन् ।

साथै, जेसीबीले आफूलाई चाहिने इन्जिन, एक्सल, च्यासिस, क्याबिन, हाइड्रोलिक र ट्रान्समिसन आफैंले उत्पादन गर्दै आएकाे छ भने ‘रिसर्च एन्ड डेभलपमेन्ट’को क्षेत्रमा वार्षिक लाखौं डलर खर्च गर्दै आएको छ ।

Share News