काठमाडौं।, काठमाडौंको सुन्धारा स्थित सीटीसी महलमा सबै ब्राण्डका मोबाइलहरु पाइने मल्टि शोरुम सञ्चालनमा ल्याएको छ । सस्तो, सुलभ र आधुनिक प्रविधिका अधिकांश मोबाइलका ब्राण्डहरु तथा एसेसरिजहरुसहित अल्फा स्टोर प्रालिले महलको भुईतलामा बुधबारदेखि सोे मल्टिशोरुम सञ्चालनमा ल्याएको हो ।
सो अवसरमा प्रालिले एक हप्तासम्म मोबाइल किन्दा दुई हजार रुपैयाँ बराबरको ब्लूतुथ निःशुल्क दिने अफर ल्याएको छ । आधुनिक आइफोनसहित १३ ब्राण्डका सबै मोबाइलहरु एकै ठाउँमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।
शोरुम सञ्चालन कम्पनीको प्रबन्ध निर्देशक संजय बगरियाले शोरुमबाट आइफोनसहित सामसुङ, ओपो, वान प्लस लगायतका मोबाइल खरिद गर्न सकिने बताए ।
त्यस्तै शोरुममा मोबाइल एक्सचेन्जका साथै मर्मतको समेत सेवा रहेको उनको भनाइ छ । शोरुममा ५ हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्मका मोबाइलहरु रहेको जानकारी गराइएको छ ।