सम्पत्ति सुद्धिकरण प्रविधि भित्र्याउन बैंकले गर्यो ढिला सुस्ती

<p>काठमाडौं। सम्पत्ति सुद्धिकरण प्रविधि भित्र्यान बैंकले ढिला सुस्ती गरेको छ । नेशनल बैंकिङ ईन्ष्टिच्युट (एनबीअई)ले सम्पत्ति सुद्धिकरण प्रविधि भित्र्यान बैंकले ढिला सुस्ती गरेको बताएको हो । बिहिबार नेशनल बैंकिङ ईन्ष्टिच्युट (एनबीअई) ले राजधानीमा आयोजना गरेको सम्पत्ति सुद्घिकरण सम्बन्धि एक दिने सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै एनबिआईका कार्यकारी अधिकृत संजिब सुब्बाले सम्पत्ति सुद्घिकरण प्रत्येक तहका बैंकिङ कर्मचारीहरुले [&hellip;]</p>

काठमाडौं। सम्पत्ति सुद्धिकरण प्रविधि भित्र्यान बैंकले ढिला सुस्ती गरेको छ । नेशनल बैंकिङ ईन्ष्टिच्युट (एनबीअई)ले सम्पत्ति सुद्धिकरण प्रविधि भित्र्यान बैंकले ढिला सुस्ती गरेको बताएको हो ।

बिहिबार नेशनल बैंकिङ ईन्ष्टिच्युट (एनबीअई) ले राजधानीमा आयोजना गरेको सम्पत्ति सुद्घिकरण सम्बन्धि एक दिने सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै एनबिआईका कार्यकारी अधिकृत संजिब सुब्बाले सम्पत्ति सुद्घिकरण प्रत्येक तहका बैंकिङ कर्मचारीहरुले जन्नुपर्ने बताए । ‘कुनै पनि बैंक तथा वित्तिय सँस्थाहरुले सम्पत्ति सुद्घिकरण सम्बन्धि प्रविधि भित्राउन ढिला सुस्ती गरिरहेको छ’ उनले भने ।

सम्मेलनमा बोल्दै नेपाल बैंकर्स एशोसिएशनको अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले सम्पत्ति सुद्घिकरण जस्तो विषयमा सबै सजक र सम्बेदनशील भएमा मात्र वित्तिय क्षेत्र र अर्थतन्त्र सबल हुने बताए ।

त्यस्तै फिन्टलेक्टका प्रबन्धक निर्देशक शिरिष पाठकले सम्पत्ति सुद्घिकरण विश्वकै एउटा गहन विषय भएको र सबै देशका नियामक निकायहरुले यसलाई गम्भिरताकासाथ लिदै आएको बताए ।

सम्मेलनमा १५० भन्दाबढी बैंक तथा वित्तिय सँस्थाको कर्मचारीहरु सहभागी भएको जनाइएको छ ।

Share News