काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले पहिलो एक्सटेन्सन काउण्टर ललितपुरको महालक्ष्मीस्थानमा स्थापना गरेको छ । कम्पनीले केन्द्रिय कार्यालय मातहतमा रहने गरि माघ २२ गतेदेखि एक्सटेन्सन काउण्टर सञ्चालन गरेको हो । महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरको हातामा कम्पनीका अध्यक्ष मुकुन्दप्रसाद दाहाल र ज्यापु समाज यलका अध्यक्ष प्रेम महर्जनले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा ललितपुर क्षेत्र नम्बर २ का सांसद कृष्णलाल महर्जनको पनि सहभागीता रहेको थियो । फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले सेवा विस्तारको योजना अन्र्तगत एक्सटेन्सन काउण्टर स्थापना गरेको बताए ।
फाईनान्सको एक्सटेन्सन काउन्टरबाट सेवाग्राहीहरुले दस्तुर संकलन, बचत/निक्षेप जम्मा तथा भुक्तानी, विभिन्न कम्पनीका रेमिट्यान्स सम्बन्धि कारोबार लगायतका सेवा दिने छ । फाईनान्सको हाल पाको न्यूरोडमा केन्द्रिय कार्यालय रहेको छ तथा काभ्रेको बनेपा पुलबजारमा एक शाखा कार्यालय संचालनमा रहेको छ । कम्पनीले निकट भविष्यमा ललितपुरको पुलचोक तथा भक्तपुरको थिमिमा समेत एक्सटेन्सन काउन्टर संचालन गर्न तयारी गरिरहेको छ ।