साल्ट ट्रेडिङले स्वदेशी उद्योगसँग २० हजार टन चिनी किन्दै

<p>काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले स्वदेशी उद्योगीहरुसँग २० हजार टन चिनी खरिद गर्न बोलपत्र आब्हान गरेको छ । ट्रेडिङले आइतबार चिनी खरिद गर्न बोलपत्र अह्वान गरेको हो । ट्रेडिङका महाप्रबन्धक कुमार राज भण्डारीले कुनै पनि समय चिनीमा हुनसक्ने अभाव तथा मूल्यको उत्तरचढाबलाई नियन्त्रण गर्न कम्पनीले मौज्जादको लागि चिनी खरिद गर्न लागेको बताए । ‘गएको वर्ष [&hellip;]</p>

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले स्वदेशी उद्योगीहरुसँग २० हजार टन चिनी खरिद गर्न बोलपत्र आब्हान गरेको छ । ट्रेडिङले आइतबार चिनी खरिद गर्न बोलपत्र अह्वान गरेको हो ।

ट्रेडिङका महाप्रबन्धक कुमार राज भण्डारीले कुनै पनि समय चिनीमा हुनसक्ने अभाव तथा मूल्यको उत्तरचढाबलाई नियन्त्रण गर्न कम्पनीले मौज्जादको लागि चिनी खरिद गर्न लागेको बताए । ‘गएको वर्ष स्वदेशी उद्योगसँग चिनी खरिद गरेनौ, यस वर्ष गर्न लागेका हौं,’ उनले भने ‘हामीले विगतदेखिनै स्वदेशी उद्योगहरुसँग चिनी खरिद गर्दै आएका छौं ।

कम्पनीका अनुसार जारी गरेको बोलपत्रको मितिबाट एक महिनाको अवधिमा उद्योगहरुले आवेदन सक्नेछन् । आएका बोलपत्रहरुलाई छनौट गरी चिनी खरिद गरिनेछ । चैत्रभित्रमा चिनी खरिद गरिसक्ने कम्पनीको लक्ष्य छ । बजार मूल्य, चिनीको गुणस्तर लगायतलाई मूल्याङ्कन गरी कम्पनी छनौट गरिनेछ ।

उद्योगीले काम सुरु गरेको ३० दिनभित्रमा १० हजार टन र ६० दिन भित्रमा सम्पुर्ण परिमाणको चिनी उपलब्ध गराउनु पर्नेछ । हालसम्म साल्ट ट्रेडिङमा करिब १८ हजार टन चिनी स्टक रहेको छ ।

 

Share News