काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो थप चार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पोखराको अमरसिंह, बगर, बिरौटा र दाङ्गको तुलसीपुर गरी ४ वटा नयाँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा थप बिस्तार गरेको छ ।

पोखराको शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धक कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा गरेका थिए । साथै, दाङ्गको तुलसीपुर शाखा कार्यालयको उद्घाटन् बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा बरिष्ठ कलाकार हरिवंश आचार्यले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा बैंकका अध्यक्ष श्रेष्ठले ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागी सानिमा बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताएका छन् ।
हाल बैंकको ५१ शाखा, १ एक्सटेन्सन काउन्टर र ६० एटीएम सेवा सञ्चालनमा रहेको छ ।