केएलमा सुरु भयो ‘दामीसेल’ मेला, ५ हजारको सामान खरिदमा दुईवटा फिल्म टिकट सित्तैमा

<p>काठमाडौं । राजधानीको चाबहिल स्थित केएल टावरमा ‘दामी ‘सेल’ मेला सुरु भएको छ । ठूला किसिमका सेल मेलामध्ये एक मानिएको यस दामीसेल मेलामा ४५ वटा पसलहरू सहभागी छन् । तीन हजारभन्दा बढी सामानहरू डिस्प्लेमा राखिएको छ । ती सामानहरुको खरिदमा५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । शनिबारबाट सुरु भएको मेला झण्डै एक महिनासम्म चल्नेछ । [&hellip;]</p>

काठमाडौं । राजधानीको चाबहिल स्थित केएल टावरमा ‘दामी ‘सेल’ मेला सुरु भएको छ । ठूला किसिमका सेल मेलामध्ये एक मानिएको यस दामीसेल मेलामा ४५ वटा पसलहरू सहभागी छन् । तीन हजारभन्दा बढी सामानहरू डिस्प्लेमा राखिएको छ । ती सामानहरुको खरिदमा५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

शनिबारबाट सुरु भएको मेला झण्डै एक महिनासम्म चल्नेछ । ५ हजार रुपैंयाको सामान खरिदमा दुईवटा फिल्म टिकट निःशुल्क उपलब्ध हुने मेलाको आयोजकले जनाएको छ । साथै पाँच सय वा सोभन्दा बढीको खरिदमा दैनिक पाँच हजार रुपैयाँ बराबरको उपहार दुई जनालाई, बम्पर उपहार लक्की ड्रमार्फत् एक जनालाई दिइने टावरले जनाएको छ ।

मेला अवधिभर केएल टावरमा विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुनेछन् । फेस पेन्टिङ, फेसन शो, म्यूजिकलइभेन्ट, बीबाइङ, हिपहपलगायत कार्यक्रमहरूका साथै भ्यालेन्टाइन दिवसमा स्पेशल कार्यक्रम समेत गरिने बताइएको छ ।

हालकेएल टावरमा ५० बढी पसलहरू छन् । मोबाइल हब, डिपार्टमेन्ट स्टोर, सर्टिङ-सुटिङ, रेडिमेट गार्मेन्ट्स, लत्ताकपडा, जुत्ता, सिनेमाहल, फुटकोर्ट, खेल स्थान, बैंक, ट्राभल एजेन्सी लगायत सबैखाले सेवा-सुविधाहरू एकै छानामुनि उपलब्ध छन् ।

Share News