व्यापारमा मुलुकलाई दैनिक पौने ३ अर्ब घाटा

<p>काठमाडौं । अहिले व्यापार घाटा बढेर दैनिक २ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अबधिमा मुलुकको व्यापार घाटा ४ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ । जबकी गएको आर्थिक २०७३/०७४ को सोही अबधिमा उक्त घाटा ४ खर्ब २७ अर्ब रुपैयाँ मात्रै थियो । गएको वर्षभन्दा यस वर्ष साढे [&hellip;]</p>

काठमाडौं । अहिले व्यापार घाटा बढेर दैनिक २ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अबधिमा मुलुकको व्यापार घाटा ४ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ । जबकी गएको आर्थिक २०७३/०७४ को सोही अबधिमा उक्त घाटा ४ खर्ब २७ अर्ब रुपैयाँ मात्रै थियो । गएको वर्षभन्दा यस वर्ष साढे १५ प्रतिशत घाटा बढेको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा देखिन्छ । निर्यातभन्दा आयात बढेकोले व्यापार घाट पनि बढेको हो ।

त्यस्तै वितेको ६ महिनामा ५ खर्ब ३५ अर्ब रुपैयाँको विभिन्न मुलुकहरुदेखि आयात भएको देखिन्छ । गएको वर्ष सोही अबधिमा ४ खर्ब ६३ अर्ब रुपैयाँको मात्रै आयात भएको थियो । तुलनात्मक रुपमा गएको वर्षभन्दा यो वर्ष १५ प्रतिशत आयात बृद्धि भएको छ ।

यसैबीच गएको वर्षको तुलनामा केही मात्रामा निर्यात बढेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४१ अर्ब १६ करोड रुपैयाँको निर्यात भएकोमा गएको सोही अबधिमा ३६ अर्ब १९ करोड रुपैयाँको मात्र निर्यात भएको थियो । गएको वर्षभन्दा यस बर्ष १३ प्रतिशत निर्यात बढेको छ ।

विभागको अनुसार हाल निर्यातभन्दा आयातको अन्तर १३ गुणा छ । जुन गएको वर्षभन्दा बढी हो । गएको वर्ष सोही अबधिमा उक्त अन्तर १२.८ प्रतिशत थियो ।
त्यस्तै कुल व्यापारमा आयातको हिस्सा ९३ प्रतिशत छ ।

 

 

Share News