सामसङको ‘ग्यालेक्सी ए८ प्लस’ नेपाली बजारमा, मूल्य ५९ हजार ९९० रुपैयाँ

<p>काठमाडौं । सामसङले हालै &#8216;ग्यालेक्सी ए८ प्लस&#8217; स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । आकर्षक डिजाइन तथा थुप्रै विशेषताहरु भएको यस फोनको मूल्य बजारमा ५९ हजार ९९० रुपैयाँ ताेकिएकाे छ । उक्त ग्यालेक्सी ए८ प्लसमा ६ जिबी र्याम, ६४ जिबी इन्टरनल मेमोरि तथा अतिरिक्त मेमोरिकार्डको प्रयोग गरी २५६ जिबीसम्म बढाउन सकिने क्षमता रहेको छ । यो [&hellip;]</p>

काठमाडौं । सामसङले हालै ‘ग्यालेक्सी ए८ प्लस’ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । आकर्षक डिजाइन तथा थुप्रै विशेषताहरु भएको यस फोनको मूल्य बजारमा ५९ हजार ९९० रुपैयाँ ताेकिएकाे छ ।

उक्त ग्यालेक्सी ए८ प्लसमा ६ जिबी र्याम, ६४ जिबी इन्टरनल मेमोरि तथा अतिरिक्त मेमोरिकार्डको प्रयोग गरी २५६ जिबीसम्म बढाउन सकिने क्षमता रहेको छ । यो सामसङको पहिलो डुयल क्यामरा युक्त स्मार्टफोन हो । यसमा ठूलो डिस्प्ले तथा एग्रोनोमिक डिजाइन रहेको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी ए८ प्लस फोनमा ठूलो स्क्रिन रहेको छ, जुन अगाडि तथा पछाडि एग्रोनोमिक कर्भ ग्लास रहेको छ । आकर्षक ग्लास तथा मेटल फ्रेममा उपलब्ध यो फोनमा सहजै रुपमा हेर्न वा फोनमा भएका सामग्रीहरुसँग सहजै रुपमा अन्तक्र्रिया गर्न सकिन्छ । १८ः५ः९ रेसियोको डिस्पेले गर्दा ग्राहकले पूरै स्क्रिनमा सिनेमाको जीवन्त अनुभव प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सामसङ ग्यालेक्सीको ए८ प्लसमा १६ मेगा पिक्सल तथा ८ मेगापिक्सलका क्यामरा रहेका छन् । यसमा एफ १.९ को डुयल क्यामरा, १६ मेगा पिक्सल एफ १.७ रियर क्यामरा लगायत थुप्रै विशेषता रहेको छ ।

साथै, यस फोनलाई अनलक नै नगरी मोबाइलमा आएका जानकारीहरुको विवरण प्राप्त गर्न सकिन्छ । यो आइपी६८ बाट प्रमाणित र धुलो तथा पानी प्रतिरोधी बनेको छ । ए सिरिजमा पहिलो पटक गियर भिआर पनि प्रयोग गर्न सकिने उक्त फोन कालो र सुनौलो गरी दुई रंगमा नेपाली बजारमा उपलब्ध छ ।

Share News