काठमाडौं । चौधरी ग्रुपले मोबाइल उत्पादन गरी नेपाली बजारमा ल्याएको छ । कम्पनीले मेजू प्रो सेभेन, एमफाइभएस लगायत मोबाइल फोनहरु सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको प्रो सेभेनमा १६ मेगाफिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । ४ जीबी र्यामको उक्त मोबाइलमा ६४ जीबीको आन्तरिक सञ्चय क्षमता रहेको छ । ५.२ इन्चको फुल स्कृनको प्रयोग गरिएको यस मोबाइलले कम प्रकाशमा पनि सजिलैसँग फोटो खिच्न सकिने कम्पनीले जनाएको छ । कालो कलरमा उपलब्ध यस मोबाइलको बजार मूल्य कम्पनीले ४७५०० रुपैंया राखेको छ ।
त्यसैगरी अर्को सार्वजनिक गरिएको मेजू एमफाइभएसमा ५.२ इन्चको एचडी स्कृन प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएको २.५ डी कभर ग्लासले स्मूथकलर प्रदान गर्नुको साथै अध्याँरो भएको समयमा पनि आरामपुर्वक पढ्न सकिन्छ । ३ जीबी र्यामको प्रयोग गरिएको यस मोबाइलमा ३२ जीबीको आन्तरिक सञ्चय क्षमता रहेको छ ।
यस मोबाइलको मूल्य बजार मूल्य कम्पनीले १९ हजार रुपैंया राखेको छ ।