चितवन । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चितवनको सौराहामा शाखा तथा अभिर्कताहरुको लागि तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । यही माघ १५ देखी १७ गतेसम्म आयोजित उक्त कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका तर्फबाट कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल तथा सञ्चालक समितिका सदस्य इश्वरकुमार कार्कीले उपस्थित सम्पूर्ण कर्मचारी तथा अभिर्कताहरुलाई आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न तथा व्यापार व्यावसाय वृद्धि गर्न प्रोत्साहित गरेका छन् ।
साथै उक्त कार्यक्रममा उपस्थित अभिकर्ता तथा कर्मचारीहरुले कम्पनीको योजना अनुसारको लक्ष्य प्राप्ती गर्न एक्यवद्धता समेत जनाएका छन् । कार्यक्रममा अभिर्कताहरुको लागि विशेष किसिमको उत्प्ररेणात्मक कार्यक्रम कम्पनीले आयोजना गरेको थियो ।