फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

<p>काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै अटोप्राइज प्रणाली अनुसार निगमले बिहीबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ, डिजलमा र मट्टीतेलमा २/२ रुपैयाँले मूल्य समायोजन गरेको छ । त्यस्तै आन्तरिक [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै अटोप्राइज प्रणाली अनुसार निगमले बिहीबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

निगमले प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ, डिजलमा र मट्टीतेलमा २/२ रुपैयाँले मूल्य समायोजन गरेको छ ।
त्यस्तै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर एक सय अमेरिकी डलर बढाएको छ ।

मूल्य समायोजन गरेपछि पेट्रोल, डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य क्रमशः १०४, डिजेल र मट्टीतेललाई ८३ रुपैयाँ पर्ने भएको छ ।

मूल्य बढे पनि निगमलाई यो पाक्षिक (१५ दिन)मा १४ करोड ९२ लाख रुपैयाँ घाटा हुने निगमका प्रवक्ता वीरेन्द्र गोईतले बताए ।

Share News