अगामी साफा बैठक अफगानिस्तामा हुने, यो वर्षको नेतृत्व नेपालले गर्दै

<p>काठमाडौं। दक्षिण एसियाली लेखा व्यवसायी महासंघ(साफा)को आगामी वर्षको ५२ औं बैठक अफगानिस्तानमा हुने भएको छ । बिहीबार राजधानीमा सम्पन्न ५१ औं सञ्चालक समितिको बैठक तथा ८६ औं एसेम्बली बैठकले उक्त निर्णय गरेको हो । निर्णय अनुसार उक्त ५२ औं वैठक अप्रिल ५–६ तारीखमा हुने भएको छ । यदि अफगानिस्तानमा सुरक्षाका कारण हुन नसके विकल्पको रुपमा [&hellip;]</p>

काठमाडौं। दक्षिण एसियाली लेखा व्यवसायी महासंघ(साफा)को आगामी वर्षको ५२ औं बैठक अफगानिस्तानमा हुने भएको छ । बिहीबार राजधानीमा सम्पन्न ५१ औं सञ्चालक समितिको बैठक तथा ८६ औं एसेम्बली बैठकले उक्त निर्णय गरेको हो ।

निर्णय अनुसार उक्त ५२ औं वैठक अप्रिल ५–६ तारीखमा हुने भएको छ । यदि अफगानिस्तानमा सुरक्षाका कारण हुन नसके विकल्पको रुपमा भुटान वा श्रीलंकालाई छनौट गरिएको साफाले जनाएको छ ।

त्यसैगरी बैठकले साफाको अध्यक्षमा नेपालकातर्फबाट नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आइक्यान)का पूर्व अध्यक्ष सिए सुबोधकुमार कर्णलाई मनोनित गरेको छ । उनी सन् २०१८ का लागि अध्यक्ष भएका हुन् । उपाध्यक्षमा भारतका सीएमए पीभीएस जगनमोहन राव मनोनित भएका छन् ।

त्यस्तै बिहीबार सम्पन्न साफाको पहिलो बैठकले विभिन्न ८ उपसमितिले प्रस्तुत गरेको एजेन्डालाई अनुमोदन गरेको छ । विश्वको पछिल्लो लेखा व्यवसायको चुनौति र समय सापेक्ष गरिनुपर्ने परिवर्तनका विषयमा छलफल भएको बताइएको छ ।

बैठकमा चार्टर्ड एकाउन्टेन्सहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल फेडेरेशन अफ एकाउन्टेस (आइएफएसी) अन्तर्गतको चार्टर्ड इन्स्टिच्युट अफ पब्लिक फाइनान्स एन्ड एकाउन्टेन्सी (सीआईपीएफए)सँग प्राविधिक सहयोग आदान प्रदान गर्ने सम्बन्धमा सैद्धान्तिक सहमति भएको जनाइएको छ । सहमतिमा चार्टर्ड एकाउन्टेन्टहरुको क्षमता अभिवृद्धि गर्नको लागि सेन्टर अफ एक्सिलेन्स खोल्ने सम्बन्धमा प्राविधिक सहयोग उपलब्ध गराइने उल्लेख छ ।

Share News