नेपालमा दैनिक २५ लाख अण्डा उत्पादन, अन्तर्राष्ट्रिय बजार खोजिदै

<p>काठमाडौं । अण्डा उत्पादनमा नेपाल आत्मानिर्भर बनेको छ । मासु लगायत अन्य बस्तुहरु विदेशबाट आयत गर्नु परिरहेको बेला अण्डा उत्पादनमा नेपाल आत्मानिर्भर बनेको हो । दैनिक नेपालमा २५ लाख अण्डा उत्पादन हुँदै आएको छ । त्यसमध्ये ६५ प्रतिशत अन्डा उत्पादन चितवन जिल्लामा मात्रै उत्पादन हुँदै आएको नेपाल अण्डा उत्पादक संघका कार्यकारी अधिकृत शिव प्रसाद बरालले [&hellip;]</p>

काठमाडौं । अण्डा उत्पादनमा नेपाल आत्मानिर्भर बनेको छ । मासु लगायत अन्य बस्तुहरु विदेशबाट आयत गर्नु परिरहेको बेला अण्डा उत्पादनमा नेपाल आत्मानिर्भर बनेको हो ।

दैनिक नेपालमा २५ लाख अण्डा उत्पादन हुँदै आएको छ । त्यसमध्ये ६५ प्रतिशत अन्डा उत्पादन चितवन जिल्लामा मात्रै उत्पादन हुँदै आएको नेपाल अण्डा उत्पादक संघका कार्यकारी अधिकृत शिव प्रसाद बरालले जानकारी दिए ।

नेपाली अण्डाको बजार व्यावस्थापनमा कुनै पनि समस्या नरहेको बताउँदै अब नेपाली अण्डालाई अन्तराष्ट्रिय बजारमा समेत पुर्याउने प्रयास भैरहेको बरालले बताए । अहिले महासंघले प्रतिगोटा अण्डाको मूल्य १२ रुपैंया तोकेको छ ।

Share News