मिदिमखोलाको बिजुली राष्ट्रिय प्रणालीमा जोडियो

<p>काठमाडौं । मिदिमखोलाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । युनियन हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाले माघ १५ देखि व्यवसायिक रुपमा बिजुली उत्पादन थालेको हो । आयोजनाको जडित क्षमता ३ मेगावाट भएपछि हाल ७ सय किलोवाट मात्र उत्पादन भइरहेको नेपाल विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । आयोजना प्रभावित स्थानियबासिन्दाले विभिन्न माग राखेर आयोजना [&hellip;]</p>

काठमाडौं । मिदिमखोलाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । युनियन हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाले माघ १५ देखि व्यवसायिक रुपमा बिजुली उत्पादन थालेको हो ।

आयोजनाको जडित क्षमता ३ मेगावाट भएपछि हाल ७ सय किलोवाट मात्र उत्पादन भइरहेको नेपाल विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । आयोजना प्रभावित स्थानियबासिन्दाले विभिन्न माग राखेर आयोजना बन्द गरेपछि राष्ट्रिय प्रणालीमा जोडिन ढिलाइ भएको हो ।

आयोजनाको सुरुको लागत ५४ करोड रहे पनि समय र लागत थप भएकाले आयोजना ६५ करोड रुपैयाँ खर्च भएको अनुमान गरिएको छ ।
युनियन र नेपाल विद्युत् प्राधिकरण बीच २०६७ माघ ४ गते विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको हो । विद्युत् प्राधिकरणबीच सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा दिने गरि पीपीए सम्झौता भएको हो ।

लम्जुङको करापु र नाल्मा गाउँको सिमानामा पर्ने लाङ्दी फेदीमा आयोजनाको बाँध निर्माण गरी १ किलोमिटर मिटर लामो भूमिगत सुरुङबाट करापु–९ पत्तरीमा पु¥याई विद्युत् उत्पादन गरिएको छ ।

स्थानीयको आयोजनामा जनसहभागिता बढाउनका लागि प्रभावित गाविसका लागि १० प्रतिशत सेयर निष्कासन गर्ने भएको छ । युनियनले पहिलो चरणमा स्थानियबासिन्दालाई ६ करोड ३३ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको ६ लाख ३३ हजार ७४५ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको हो ।

सेयर निष्कासनका लागि कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएको छ । त्यसपछि सर्वसाधारणलाई सेयर निष्कासन गर्ने युनियनले जनाएको छ । हालसम्म निजी लगानीबाट ४८३ मेगावाट क्षमताका ६९ आयोजना सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

Share News