गाडी खरिदमा खोटांगकी शर्मिस्ता अधिकारीले पाइन् ३० ग्राम सुन

<p>काठमाडौं । अशोक लेलैंड १६१६ कार्गो क्याब फुल्ली बिल्ट ७.५ क्युबिक मिटर (६ चक्के टिप्पर)गाडीको खरिदमा खोटांगकि शर्मिस्ता अधिकारीले ३० ग्राम सुन पाएकी छिन् । आइएमइ ग्रुप अन्तर्गतको सवारी साधनहरुको कारोबार गर्ने एक भगिनी संस्था आइएमइ मोटर्स प्रालिले अशोक लेलैंड कमर्सियल भेहिकलको दसैं तिहार फेस्टिव स्किम अन्तर्गत अधिकारीलाई सो मात्राको सुन हस्तान्तरण गरेको हो । [&hellip;]</p>

काठमाडौं । अशोक लेलैंड १६१६ कार्गो क्याब फुल्ली बिल्ट ७.५ क्युबिक मिटर (६ चक्के टिप्पर)गाडीको खरिदमा खोटांगकि शर्मिस्ता अधिकारीले ३० ग्राम सुन पाएकी छिन् । आइएमइ ग्रुप अन्तर्गतको सवारी साधनहरुको कारोबार गर्ने एक भगिनी संस्था आइएमइ मोटर्स प्रालिले अशोक लेलैंड कमर्सियल भेहिकलको दसैं तिहार फेस्टिव स्किम अन्तर्गत अधिकारीलाई सो मात्राको सुन हस्तान्तरण गरेको हो ।

हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेल्याण्ड भारतीय उत्पादक कम्पनी हो जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ । अशोक लेल्याण्ड १९४८ मा स्थापित यो कम्पनी व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो । साथै ट्रक उत्पादकमा विश्वको बाह्रौं ठूलो उत्पादक हो । अशोक लेल्याण्ड सच्चा वैश्विक वाहन उत्पादक हो जसको विश्वमा ९ ओटा कारखाना छन् ।

अशोक लेल्याण्ड स्पेयर पुर्जाहरु र औद्योगिक र समुद्री प्रयोगका इन्जिन पनि उत्पादन गर्ने कम्पनी हो । अशोक लेल्याण्ड यात्री परिवहनको १८ सिट देखि ७४ सिट सम्मका विभिन्न विकल्प छन् र बसको बजारमा ठूलो पकड रहेको छ । अशोक लेल्याण्ड ट्रक वर्गमा ७.५ टन देखि ४९ टन सम्मका विकल्पहरु उपलब्ध छन् ।

Share News