जनता बैंकको संस्थापक सेयर लिलामी हुदै

<p>काठमाडौं । जनता बैंकको संस्थापक सेयर बिक्री हुने भएको छ । बैंकका केही संस्थापकले सेयर बिक्रीका लागि आवेदन दिएपछि बैंकले बिक्रीको प्रक्रिया अघि बढाएको हो । बैंकले संस्थापक सेयर खरिदका लागि प्रस्ताव गर्न भनेको छ । बैंकले बिक्री गर्न लागेको सेयरको मूल्य र संख्या खुलाएको छैन् । यस्तो सेयर १० लाख कित्ता भन्दा बढी भएको [&hellip;]</p>

काठमाडौं । जनता बैंकको संस्थापक सेयर बिक्री हुने भएको छ ।

बैंकका केही संस्थापकले सेयर बिक्रीका लागि आवेदन दिएपछि बैंकले बिक्रीको प्रक्रिया अघि बढाएको हो । बैंकले संस्थापक सेयर खरिदका लागि प्रस्ताव गर्न भनेको छ ।

बैंकले बिक्री गर्न लागेको सेयरको मूल्य र संख्या खुलाएको छैन् । यस्तो सेयर १० लाख कित्ता भन्दा बढी भएको बैंकले जनाएको छ ।संस्थापक सेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिन बैंकले भनेको छ ।

यसअघि प्रतिकित्ता १२५ रुपैयाँमा संस्थापक सेयर किनबेच भएको थियो । हाल जनताको सेयर मूल्य घटेर प्रतिकित्ता १८३ रुपैयाँमा कारोबार भएको छ ।

Share News