चौतर्फी दवावपछि दर्जनबढी उद्योगले सिमेन्ट र डण्डीको भाउ घटाए ५० पैसादेखि ५० रुपैयाँसम्म

<p>काठमाडौं । चौतर्फी दवावपछि अन्ततः सिमेन्ट र डन्डीको भाउ घटेको छ । दर्जनबढी उद्योगहरुले ५० पैसादेखि ५० रुपैयाँसम्म सिमेन्ट र डण्डीको मूल्य घटाएका हुन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारसम्ममा १४ ओटा उद्योगले २० किसिमका सिमेन्ट र डण्डीको मूल्य घटाएको जानकारी दिएको छ । विभागको अनुसार वृज सिमेन्ट ईण्डष्ट्रिजको ओपिसी, पिपिसी र [&hellip;]</p>

काठमाडौं । चौतर्फी दवावपछि अन्ततः सिमेन्ट र डन्डीको भाउ घटेको छ । दर्जनबढी उद्योगहरुले ५० पैसादेखि ५० रुपैयाँसम्म सिमेन्ट र डण्डीको मूल्य घटाएका हुन् ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारसम्ममा १४ ओटा उद्योगले २० किसिमका सिमेन्ट र डण्डीको मूल्य घटाएको जानकारी दिएको छ ।

विभागको अनुसार वृज सिमेन्ट ईण्डष्ट्रिजको ओपिसी, पिपिसी र पिएससी सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँको दरले घटाएको छ । अर्घाखाँची सिमेन्टले बोराको ४५ रुपैयाँ घटाएको छ ।

भु–गर्व सिमेन्टको ओपिसी, पिपिसीमा बोराको ३० रुपैयाँको दरले भाउ घटाएको छ । शिवम् सिमेन्टको मूल्य भने सबैभन्दा पहिलेनै २२ रुपैयाँ ६० पैसा घटाएको हो ।

निर्माण सिमेन्टमा प्रतिबोरा १५ रुपैयाँ घटेको छ । अम्बे, दोभान, शुभ श्री जगदम्बा, मारुतीका विभिन्न ब्राण्डका सिमेन्टमा प्रतिबोरा २० रुपैयाँ घटेकोछ । नरायणी, सर्वोत्तम, अग्नि, घोराही लगायतका विभिन्न किसिमका प्रतिबोरा सिमेन्टमा १० रुपैयाँ घटाएको विभागले जानकारी दिएको छ । जगदम्बा स्टिलले डण्डीमा प्रतिकिलो ५० पैसा घटाएको छ ।

उल्लेखित विभिन्न उद्योगहरुको सिमेन्टको प्रतिबोरा घटेको मूल्य ६९५ देखि ८८७ रुपैयाँसम्म तोेकिएकोे छ । जसमा सबैभन्दा बढी मूल्य शिवम् सिमेन्टको छ भने कम मूल्य घोराही सिमेन्टको रहेको छ ।

विभागका शाखा अधिकृत रमेशकाजी श्रेष्ठले अधिकांश सिमेन्टहरुको मूल्य घटेको बताए । ‘अझै पनि घटाउन बाँकी सिमेन्ट उद्योगहरुले मूल्य घटाइरहेको छ,’ उनले भने ‘त्यस्तै दण्डीको मूल्य समेत घट्ने क्रममा छ ।’ बाँकी डण्डी उद्योगहरुले पनि मूल्य घटाउने उनको विश्वास छ । उद्योगीहरुले मूल्य घटाइसकेको अवस्थामा बिक्रेताहरुले घटाए नघटाएको सम्बन्धमा समेत विभागले अनुगमन सुरु गरिसकेको बताए । उनले भने, ‘विभागले सिमेन्ट र डण्डी बिक्रेता कम्पनीहरुलाई उद्योगीहरुले घटाएको मूल्यमा विक्री गर्न निर्देशन गरिसकेका छ ।’

सिमेन्ट र डन्डीको घटेको मूल्य र सम्बन्धि उद्योगहरुको सूचि हेर्नुहोस्ः–

Share News