१० प्रतिशत ब्याजमा २५ कराेडकाे वैदेशिक रोजगार वचतपत्र फागुन ३ गते आउदै

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँको वैदेशिक रोजगार वचतपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले आउदो फागुन ३ गते वचतपत्र बिक्री खुला गरेको छ । बन्द आउदो २३ गतेसम्म हुनेछ । निष्कासन फागुन २८ गते हुने राष्ट्र बैंकले जनाएको छ । आउदो ०७९ फागुन २७ गते फिर्ता हुने छ । वचतपत्रको ब्याज [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँको वैदेशिक रोजगार वचतपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले आउदो फागुन ३ गते वचतपत्र बिक्री खुला गरेको छ ।

बन्द आउदो २३ गतेसम्म हुनेछ । निष्कासन फागुन २८ गते हुने राष्ट्र बैंकले जनाएको छ । आउदो ०७९ फागुन २७ गते फिर्ता हुने छ । वचतपत्रको ब्याज १० प्रतिशत रहेको छ ।

वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले बचतपत्र खरिदको लागि आवेदन दिन पाउने राष्ट्र बैंकले जनाएको छ । ब्याज भुक्तानी ६/६ महिनामा हुनेछ । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने  छ।

चालु आवमा सरकारले ६ अर्ब रुपैयाँ वैदेशिक रोजगार वचतपत्र निष्कासन गर्ने लक्ष्य लिएको छ । सरकारले चालु आवमा विभिन्न वित्तीय औजारमार्फत १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउदै छ ।

Share News