नेपाल टेलिकमको अफरको वर्षा, डाटामा १५ र भ्वाइसमा ३५ रुपैयाँमा अनलिमिटेड प्याकेज

<p>काठमाडौं। नेपाल टेलिकमले ३ दिनका  लागि ३५ रुपैयाँमा अनलिमिटेड नाईट भ्वाइस प्याकेज (राति १० देखि बिहान ६ बजेसम्मका लागि) ल्याएको छ । सोमबार कम्पनीका प्रवन्ध निर्देशक कामिनी राजभडारीले राजधानीमा आयोजित टेलिकमको १४ औं वार्षिकोत्सवको असरमा उक्त योजनाको सम्बन्धमा जानकारी दिएकी थिइन । कम्पनीले १५ रुपैयाँमा एक रातको लागि अनलिमिटेड नाईट डाटा प्याकेज (राति १० देखि [&hellip;]</p>

काठमाडौं। नेपाल टेलिकमले ३ दिनका  लागि ३५ रुपैयाँमा अनलिमिटेड नाईट भ्वाइस प्याकेज (राति १० देखि बिहान ६ बजेसम्मका लागि) ल्याएको छ । सोमबार कम्पनीका प्रवन्ध निर्देशक कामिनी राजभडारीले राजधानीमा आयोजित टेलिकमको १४ औं वार्षिकोत्सवको असरमा उक्त योजनाको सम्बन्धमा जानकारी दिएकी थिइन ।

कम्पनीले १५ रुपैयाँमा एक रातको लागि अनलिमिटेड नाईट डाटा प्याकेज (राति १० देखि बिहान ६ बजेसम्मका लागि) को योजना ल्याएको उनको भनाइ छ । उनका अनुसार ५० रुपैयाँमा अनलिमिटेड अल टाइम डाटा प्याकेज (कुनै पनि सयममा प्रयोग गर्न सकिने) २४ घण्टाको लागि प्रदान गर्ने भएको छ । उक्त सुबिधाहरु एनटीसीको जिएसएम सेवाफर्त माघ २३( भोलि)देखि फागुन ८ गतेसम्म लागु हुने उनले कार्यक्रममा जानकारी दिइन् ।

रिचार्ज गर्दा बोनस

त्यस्तै उनले रिचार्ज बोनसतर्फ माघ २३ देखि २९ गतेसम्मको लागि रू. ५०, १०० र २०० को रिचार्जमा १० प्रतिशत बोनस दिने बताइन् । ५०० र १००० को रिचार्जमा १५ प्रतिशत बोनस दिइने छ ।

विदेशबाट फोन आउदा बोनस

कम्पनीका अनुसार माघ २५ गतेदेखि वैशाख २५ गतेसम्म छिमेकी देश भारतमा कल गर्न रू २ रुपैयाँ २२ पैसादेखि २ रुपैयाँ ३३ पैसा प्रतिमिनेटसम्मका विभिन्न प्याकेजहरु ल्याइएको छ । अन्तर्राष्ट्रिय आगमन कल प्राप्त गर्ने कम्पनीका ग्राहकहरुलाई प्रत्येक ७ दिनमा ७ मिनेटभन्दा बढि कल प्राप्त भएमा कम्पनीको नेटवर्कभित्र कल गर्न तथा एसएमएस पठाउन बोनस प्रदान गरिने कम्पनीको भनाइ छ ।

त्यस्तै कम्पनीले अन्य छुट र प्याकेजहरु ल्याएको छ । एफटीटीएच सेवा प्रवर्धन गर्न यही माघ २५ देख २०७५ वैशाख २५ गतेसम्म ९० दिन सो सेवाका व्यक्तीगत तथा कर्पोरेट ग्राहकहरुको लागि विभिन्न प्याकेजहरु प्रदान गरिएको छ । पीएसटीएन सेवाग्राहीका लागि फागुनसम्म थप २५ कल बराबरको छुट दिइनेछ । सीडीएमएमा डाटा वोनस, प्रिपेड ग्राहकहरुलाई सीयुजी सेवामा आबद्ध गरिने कम्पनीको भनाइ छ । साथै स्प्रीङ अफर लगातका सुविधाहरु कम्पनीले बार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको छ ।

Share News