
काठमाडौं । डाबर नेपालले उत्पादन गर्दै आएको प्रोस्टाइल हेयर तेलले चलचित्र ‘कृ’सँग सहकार्य गर्ने भएको छ । अनमोल केसी र अतिथी बुढाथोकी अभिनित चलचित्रमा मुख्य पाटनरसिप प्रोस्टाइलले गर्ने भएको हो ।
चलचित्र माघ २६ देखि नेपाली सिनेमा घरमा आउने भएको छ । कार्यक्रममा डाबर नेपालका मार्केटिङ्ग म्यानेजर उपेन्द्र प्रधानले चलचित्र ‘कृ’सँग सहकार्य गर्न पाउँदा खुशि लागेको बताउँदै चलचित्रलाई बक्स अफिस रेर्कडको लागि शुभकामना दिए ।
चलचित्र निर्देशक सुरेन्द्र पौडेलले प्रोस्टाइलले चलचित्र ‘कृ’ र अनमोल केसीलाई रोज्नु राम्रो रहेको र चलचित्रले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने बताए ।
कार्यक्रममा ‘अनमोल फ्यान अफ द मन्थ’ १० जनालाई पुरस्कृत समेत गरेको थियो ।