काठमाडौं। आइटेल ब्राण्डले नेपाली मोबाइल बजारमा १६ प्रतिशत हिस्सा ओगटेको जनाएको छ । ट्रान्ससन् होल्डिङ मोबाइलले आइटेल ब्राण्ड नेपाली बजारमा सार्बजनिक गरेको हो ।

गएको वर्षको सेप्टेम्बरमा कम्पनी विधिवत रुपमा नेपाली बजारमा प्रवेश गरेको हो । विगत ३ महिनाको दौरानमा आइटेल ब्राण्डले १६ प्रतिशत बजार अंश ओगटेको कम्पनीको दावी छ । ट्रान्ससन् नेपालले करिब ४ महिना अघि आइटेल, टेक्नो मोवाइल र ओराइमो सेट बजारमा भित्र्याएको थियो । यी तीन ब्राण्डहरुले बजारमा आफ्नो हिस्सा उल्लेखनीय रुपमा बढाइरहेको कम्पनीको भनाइ छ ।
कम्पनीले पछिल्लो समय क्यामन आई ब्राण्डका नयाँ मोबाइल सेटहरु बजारमा बिक्री गर्न सुरु गरिसकेको जनाएको छ । क्यामन आई सिरिजका नयाँ सेटमा १३ मेगापिक्सेलको रियर क्यामेरा, क्वाड एलइडी लेन्स् फ्ल्यास लगायतका विशेषतारु रहेको जनाइएको छ । ३ जिबी रर्याम, ३२ जीवी रोम रहेको उक्त मोबाइल सेटको मूल्य रू. १८ हजार ५ सय कम्पनीले तोकेको छ ।