नेपाल इस्फ्रास्ट्रक्चर बैंकका संस्थापक विरुद्ध उजुरी आव्हान, वित्तीय स्रोत र नैतिकतामाथि प्रश्न गर्न पाइने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले वृहत लगानीको नेपाल इस्फ्रास्ट्रक्चर बैंक खोल्न दिने अन्तिम तयार गरेको छ । केन्द्रीय बैंकले इस्फ्रास्ट्रक्चर बैंक स्थापनाका लागि इजाजतपत्र दिनुअघि प्रस्तावित संस्थापकको वित्तीय अनुशासन र स्रोत, इमान्दारिकता र नैतिक पतनदेखिने फौजदारी आभियोग प्रमाणित भएको जानकारी गराउन सर्वसाधारणसंग अनुरोध गरेको छ । राष्ट्र बैंकले १५ दिनभित्र प्रमाणसहित संस्थापक विरुद्ध उजुरी दिन [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले वृहत लगानीको नेपाल इस्फ्रास्ट्रक्चर बैंक खोल्न दिने अन्तिम तयार गरेको छ । केन्द्रीय बैंकले इस्फ्रास्ट्रक्चर बैंक स्थापनाका लागि इजाजतपत्र दिनुअघि प्रस्तावित संस्थापकको वित्तीय अनुशासन र स्रोत, इमान्दारिकता र नैतिक पतनदेखिने फौजदारी आभियोग प्रमाणित भएको जानकारी गराउन सर्वसाधारणसंग अनुरोध गरेको छ ।

राष्ट्र बैंकले १५ दिनभित्र प्रमाणसहित संस्थापक विरुद्ध उजुरी दिन पाइने भनेको छ । यसपछि केन्द्रीय बैंकले बैंक सञ्चालनका लागि अनुमति दिने प्रक्रिया सुरु गर्ने जनाएको छ ।

राष्ट्र बैंकका सहायक प्रवत्ता राजेन्द्र पण्डितले अनुमति दिने प्रक्रिया सुरु भएका बताए । उजुरीको प्रक्रिया सकिएपछि संस्थापकको योग्यतालगायत विषयमा छलफल हुने, बैंक स्थापनका लागि कुल रकमको ५ प्रतिशत जम्मा गर्नुपर्ने उनले बताए । त्यसपछि बैंकको आवश्यक पुर्वाधार तयारको काम सुरु हुनेछ ।

बैंकको संस्थापकमा ३९ जना व्यक्ति र २२ वटा कम्पनी रहेको राष्ट्र बैंकले जनाएको छ । बैंकमा सरकारको २ अर्ब रुपैयाँ ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंकको १/१ अर्ब, नेपाल पुर्नबीमा कम्पनीको १ अर्ब रुपैयाँ लगानी रहने छ । सिद्धार्थ बैंकले १० करोड लगानी गर्ने भएको छ ।

बीमा कम्पनीहरुमा प्रुडेन्सियल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी, एशियान लाईफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, एनबी इ्न्स्योरेन्स कम्पनी, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको लगानी रहेको छ । त्यसबाहेक इमर्जिङ नेपाल, हाथवे लगायत इन्भेष्टमेन्ट कम्पनी तथा प्राइभेट कम्पनीहरुले पनि लगानी गर्नेछन् ।

व्यक्तिगत तर्फ चन्द्रप्रसाद ढकाल, हेमराज ढकाल, आकाश गोल्छा, हेमन्त गोल्छा, शशिकान्त अग्रवाल, बोधप्रसाद त्रिपाठी, प्रकाश मुन्दरा, सुशील गुप्ता लगायत ३९ जनाले संस्थापक सेयर लिने भएका छन् ।

गत भदौ १४ गते प्रतिष्ठित व्यवसायी तथा बैंकर्सले इस्फ्रास्ट्रक्चर बैंक राष्ट्र बैंकमा निवेदन दिएका थिए । इस्फ्रास्ट्रक्चर बैंकका अध्यक्षमा डा.विमल कोइराला छन् । मुलुकको पूर्वाधार विकास गर्नका लागि सरकाको सार्वजनिक निजी–साझेदारी प्रारुप अनुरुप यस आर्थिक वर्ष्भित्र पूर्वाधार विकास बैंक स्थापना गर्ने प्रतिवद्धता गरे अनुसार नै उक्त बैंक खोल्न लागिएको हो ।

प्रस्तावित बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ रहेको छ । बैंकमा सरकारकोे १० प्रतिशतसहित संस्थापक समूहमा ६० प्रतिशत र सर्व–साधारण समूहमा ४० प्रतिशत शेयर रहने प्रस्ताव गरिएको छ । संस्थापक समूहको १२ अर्ब र सर्वसाधारण समूहको ८ अर्ब रुपैयाँ सेयर पुँजी हुने प्रस्ताव गरिएको छ ।

हाल संस्थापक समूहमा विभिन्न बैंक तथा बीमा कम्पनीहरु, आईएमई समूह, विशाल ग्रुप र प्रभु ग्रुप लगायत प्रतिष्ठित उद्योगी व्यासायीको संलग्नता छ ।

इस्फ्रास्ट्रक्चर बैंकले देशको पूर्वाधार विकास सम्बन्धी आयोमा कर्जा प्रवाह, कम्पनीहरुको धितोपत्रमा लगानी, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालनको लागि प्रतितपत्र खोल्ने तथा जमानतपत्रहरु जारी गर्ने, राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी स्रोत परिचालन गर्ने, लिजिङ्ग कारोबार गर्ने मुख्य उद्देश्य रहेको छ ।

Share News