
काठमाडौं । नलगाड हाईड्रोपावर कम्पनी लिमिटेडले पंहुचमार्ग निर्माणका लागि ठेकेदार छनौट गरेको छ । आयोजनास्थल पुग्ने कालीमाटी खानटाकुरा र सिर्के बैकल्पिक पहँच सडक निर्माणका लागि गोल्डेन गुड शेर्पा कन्सट्रक्सनलाई छनौट गरेको हो।
कम्पनीले सूचना जारी गर्दै सडक निर्माणको जिम्मा गोल्डेनलाई दिएको जनाएको छ । बोलपत्रदाताहरू मध्ये सबैभन्दा कम मुल्यमा कम्पनीले काम गर्ने भएपछि यो कम्पनी छनोटमा परेको नलगाड हाइड्रोले जनाएको छ ।
गोल्डेनले १२ करोड ३८ लाख रुपैयाँमा सडकको काम सक्ने प्रतिवद्धता जनाएको छ ।