एनसीसी बैंकको नवलपरासीको वर्दघाटमा शाखा स्थापना

<p>काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ले नवलपरासी जिल्लाको वर्दघाटमा नयाँ शाखा स्थापना गरी औपचारिक शुभारम्भ गरेको छ । मंगलबार बैंकका संचालक समितिका सदस्य कृष्ण श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका हुन् । उक्त अवसरमा संचालक कृष्ण श्रेष्ठले एनसीसी बैंकले नेपाल राष्ट्र बैंकको निर्देशानुसार शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामिण क्षेत्रहरुमा समेत शाखा विस्तार [&hellip;]</p>

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ले नवलपरासी जिल्लाको वर्दघाटमा नयाँ शाखा स्थापना गरी औपचारिक शुभारम्भ गरेको छ । मंगलबार बैंकका संचालक समितिका सदस्य कृष्ण श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा संचालक कृष्ण श्रेष्ठले एनसीसी बैंकले नेपाल राष्ट्र बैंकको निर्देशानुसार शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामिण क्षेत्रहरुमा समेत शाखा विस्तार गर्न लागेको जानकारी गराएका थिए । सोही कार्यक्रममा वर्दघाटका वडा अध्यक्ष रबिन्द्र विक्रम हमालले आफ्नो क्षेत्रमा शाखा सञ्चालन गरेको खुसी व्यक्त गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले मर्जर पश्चात दोहोरिएका शाखा स्थानान्तरण एवं नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार स्थानीय निकायमा समेत शाखा सञ्चालनमा ल्याउन लागेको जानकारी गराएका छन् ।

Share News