नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भारतको वाणिज्यमन्त्री सुरेश प्रभुसंग भेटवार्ता गरेकी छिन्। उनले आफ्नो भारत भ्रमणको क्रममा त्यहाँका वाणिज्यमन्त्री प्रभुसँग नयां दिल्लीमा भेटवार्ता गरेकी थिइन् ।
भारतको उतराखण्डको देहेरादुनमा आयोजित दोस्रो नेपाल भारत व्यापार मेला तथा पर्यटन महोत्सव२०१८ समुद्घाटन समारोहमा भाग लिन अध्यक्ष राणा त्यासतर्फ गएकी थिइन् ।
भेटवार्ताको क्रममा महासंघले आयोजना गर्न लागेको नेपाल भारत आर्थिक सम्मेलन र दुई देशबीचको आर्थिक व्यवसायिक लगायतका विविध सम्बन्धमा छलफल भएको जनाइएको छ ।
सो अवसरमा भारतीय वाणिज्यमन्त्री प्रभुले नेपाललाई सवै प्रकारको सहयोग गर्न भारत सदैव तयार रहेको विश्वास दिलाएको जनाइएको छ । महासंघले आयोजना गर्ने कार्यक्रममा समेत सहभागि हुने वाणिज्यमन्त्री प्रभुले विस्वस्त पारेको छ ।